चर्चामा ओलम्पिकमा स्वर्ण जित्ने पहिलो अफ्रिकन महिला

चर्चामा ओलम्पिकमा स्वर्ण जित्ने पहिलो अफ्रिकन महिला

एजेन्सीः सिमोन म्यानुअल ओलम्पिक खेलकुदअन्तर्गत पौडीमा स्वर्ण पदक जित्ने पहिलो अफ्रिकन अमेरिकन महिला खेलाडी बनेकी छिन् । बिहीबार भएको पौडीअन्तर्गत महिलाको एक सय मिटर फ्रि स्टायलमा क्यानडाकी पेन्नी ओलेक्सियाकसँगै संयुक्त रुपमा स्वर्ण जित्दै म्यानुअलले ऐतिहासिक उपलब्धी हात पारेकी हुन् । म्यानुअल र ओलेक्सियाकले एकै समयमा दुरी पुरा गरेपछि दुबैलाई बिजेता घोषणा गरीएको छ ।

यस स्पर्धामा विश्व किर्तिमान धारी अष्टे«लियन खेलाडी केट क्याम्पबेल समेत सहभागी थिइन् । मानुअल र ओलेक्सियाकले क्याम्पबेललाई स्तब्ध तुल्याउदै स्वर्ण जित्न सफल भएका हुन् । सुरुवाती ५० मिटरको प्रतिस्पर्धासम्म क्याम्पबेल र उनकी बहिनी अग्र स्थानमा थिए । क्याम्पबेल सबै भन्दा अघि थिइन् भने उनको साथमै थिइन् बहिनी ब्रोन्टी । यद्यपि पछिल्लो ५० मिटरको प्रतिस्पर्धामा क्याम्पबेल दिदी बहिनीलाईपछि पार्दै मानुल र ओलेक्सियाक अघि आए ।

प्रतिस्पर्धा समाप्त हुदा ब्रोन्टी चौथो स्थानमा पुगिन् भने दिदी केट छैटौं स्थानमा पुगिन् । ओलेक्सियाकका लागि पनि पदक महत्वपूर्ण बनेको छ । १६ बर्षीया उनी २१ औं शताब्दीमा जन्मिएर कुनै पनि ओलम्पिक खेलकुदअन्तर्गत पौडीतर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छिन् ।

आयोजकले म्यानुअल र ओलेक्सियाकलाई एकै स्थानमा राखेर पदक बितरण गरेको थियो । आयोजकले मेडल समारोहमा समेत पहिले म्यानुअलको देश अमेरीका र त्यसपछि ओलेक्सियाकको देश क्यानडाको राष्ट्रिय गान बजाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.