पारस खड्का डकआउट हुँदा नेदरल्यान्डसलाई ९५ रनको झिनो लक्ष्य

पारस खड्का डकआउट हुँदा नेदरल्यान्डसलाई ९५ रनको झिनो लक्ष्य

काठमाडौँः विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपालले नेदरल्यान्डसविरुद्ध निराशाजनक ब्याटिङ गरेको छ । नेदरल्यान्डसमा जारी खेलमा ३८.१ ओभरमा सबै विकेट गुमाउदै नेपालले नेदरल्याण्डलाई ९५ रनको झिनो लक्ष्य दिएको छ ।

नेपालका ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, शरद भेषावकर, पारस खड्का, राजु रिजाल, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने आउट भए बसन्त रेग्मी नटआउट हुँदै खेल सकियो ।  

ज्ञानेन्द्र मल्ल १२ बलमा २ चौकासहित ११ रन बनाएर आउट भए भने अनिल मण्डल ३९ बलमा २० रन बनाउदै क्याच आउट भए । सँगै शरद भेषावकर ७१ बलमा १४ रन मात्र बनाएर आउट भए भने पारस खड्का पहिलो बलमै गोल्डेन डकआउट भए ।

त्यस्तै सागर पुन ३१ बलमा ७ रन बनाएर आउट भए भने राजु रिजाल दुई बलमा ३ रन बनाउदै आउट भए भने विनोद भण्डारी १९ बलमा ९ रन बनाएर आउट भए । सँगै, सोमपाल कामी २८ बलमा १२ रन बनाउदै आउट भए भने करण केसी २ बलमा रन नबनाउदै आउट भए ।

कुनै पनि ब्याट्सम्यानले सन्तोषजनक ब्याटिङ गर्न नसक्दा नेपालको प्रदर्शन कमजोर रहयो ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.