नेदरल्याडसविरुद्ध नेपालको कमजोर ब्याटिङः सात विकेटले पराजित

नेदरल्याडसविरुद्ध नेपालको कमजोर ब्याटिङः सात विकेटले पराजित

काठमाडौँः  आईसिसी वल्र्ड क्रिकेट लिग(डब्लुसीएल) च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल सात विकेटले पराजित भएको छ ।

नेदरल्यान्ड्सको भीआरए ग्राउन्डमा शनिबार सम्पन्न खेलमा नेपाली टोलीले कमजोर ब्याटिङ गर्‍यो । टस जितेपछि नेदरल्यान्ड्सले नेपाललाई पहिला ब्याटिङ गर्ने जिम्मा दिएको थियो । नेपाली टोली ३८.१ ओभरमा ९४ रनमा समेटियो । ३८ रन जोड्दा केवल एक विकेट गुमाएको नेपाली टोली त्यसपछि लगातार दबाबमा रह्यो ।

नेपाली पालीमा प्रारम्भिक ब्याट्सम्यान अनिल मन्डलले सर्वाधिक २० रन जोडे । अर्का ओपनर ज्ञानेन्द्र मल्लले ११, तेस्रोक्रममा ब्याटिङ गर्न आएका शरद भेषावकरले १४ र तल्लोक्रमका सोमपाल कामीले १२ रन जोड्नुबाहेक अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कप्तान पारस खड्का गोल्डेन डक आउट भए । सागर पुनले सात, विकेटकिपर राजु रिजालले तीन, विनोद भन्डारीले नौ र बसन्त रेग्मीले सात (अविजित) रन जोडे ।

बलिङतर्फ डच टोलीका टिम भान डर गुग्टेन र माइकल रिप्पोनले तीन तीन विकेट लिए । रोएलोफ भान डर मार्वीले दुई तथा मुदासर बुखारी र पल भान मीकेरेनले एक एक विकेट लिए ।

घरेलु टोलीले १६.५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । विकेटकिपर वेस्ली वारेस्सीले ३७ र प्रारम्भिक ब्याट्सम्यान स्टेफन माइबर्घले अविजित ३३ रन बनाए ।

अर्का ओपनर रिप्पोन ६ तथा मध्यक्रमका बेन कुपर पनि ६ रनमा आउट भए । पहिलो विकेटका लागि १३ रनको साझेदारी गरेको नेदरल्यान्ड्सले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गर्‍यो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.