सरस्वतीले तोडिन् २६ वर्ष पुरानो कीर्तिमान

सरस्वतीले तोडिन् २६ वर्ष पुरानो कीर्तिमान

काठमाडौंः नेपाली धाविका सरस्वती भट्टराईले ३१औं ग्रीष्मकालीन रियो ओलम्पिक खेलकुदमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । शनिबार बिहान भएको एथलेटिक्स महिला १५ सय मिटरको दौडको हिट चरणमा सरस्वतीले निर्धारित दूरी चार मिनेट ३३.९४ सेकेन्डमा पूरा गर्दै २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । तर, उनी अघिल्लो चरण पुग्न भने सकिनन् ।

नेपाललाई उपलब्ध अनिवार्य कोटामार्फत प्रतियोगितामा सहभागी सरस्वतीले यसअघि सन् १९९० को एसियन गेम्समा राजकुमारी पाण्डेले बनेको कीर्तिमान तोडेकी हुन् । राजकुमारीले निर्धारित दूरी चार मिनेट ३४.४७ सेकन्डमा पूरा गरी उक्त कीर्तिमान बनाएकी थिइन् ।

४१ जना सहभागी यस स्पर्धामा सरस्वतीले हिट वानबाट प्रतिस्पर्धा गरेकी थिइन् । हिट चरणबाट बाहिरिएकी सरस्वती आफ्नो हिटमा १३औं स्थानमा रहेकी थिइन् । उक्त हिटमा १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सरस्वतीको यसअघिको उत्कृष्ट समय चार मिनेट ४०.०३ सेकेन्ड थियो ।

‘१५ सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाउन पाउँदा म निकै खुसी भएकी छु । अझ ओलम्पिकमा आएर कीर्तिमान तोड्न पाउनु मेरा लागि ठूलो उपलब्धि हो । मेरो यो नतिजामा गुरु पुष्पराज ओझाको समेत धेरै मेहनत परेको छ । ओलम्पिकका लागि मैले पनि राम्रो तयारी गरेको थिएँ', सरस्वतीले भनिन् । यस स्पर्धाको हिट चरणमा इथियोपियाकी डविट सियम पहिलो हुँदै फाइनल चरणमा पुगिन् ।

डिविटले निर्धारित दूरी चार मिनेट ०५.३३ सेकेन्डमा पूरा गरेकी थिइन् । अमेरिकाकी सानोन रोबुरी दोस्रो भइन् । सानोनले निर्धारित दूरी चार मिनेट ०६.४७ सेकेन्डमा पूरा गरेकी थिइन् । तेस्रो भएकी बेलायतकी राउरा मुइरले चार मिनेट ०६.५३ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।

यसैगरी मोरक्कोकी रावावे अरफी चार मिनेट ०६.६४ मा दूरी पूरा गर्दै चौथो, नेदरल्यान्ड्सकी सिफन हुसन चार मिनेट ०६.६४ सेकेन्डमा दौडँदै पाँचौं भइन् ।

सरस्वतीको स्पर्धासँगै रियो ओलम्पिकमा सहभागी सात खेलाडीमध्ये पाँच खेलाडीको प्रतिस्पर्धा सकिएको छ । रियो ओलम्पिकमा अब नेपालबाट एथलेटिक्सअन्तर्गत हरिकुमार रिमालले पुरुष पाँच हजार मिटरमा प्रतिस्पर्धा गर्नेछन् । पाँच हजार मिटर हिट चरणको प्रतिस्पर्धा अगस्ट १७ मा हुनेछ । तेक्वान्दोमा निशा रावलले प्रतिस्पर्धा गर्दैछिन् ।

निशाले महिला ६७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । वाइल्ड कार्डमार्फत ओलम्पिकमा सहभागी निशाको स्पर्धा २० तारिखमा परेको छ । नेपालबाट सहभागी अन्य खेलाडी आर्चरीका जितबहादुर मोक्तान, जुडोमा फुपुल्हामु खत्री, पौडीकी गौरिका सिंह र शिरीष गुरुङले आआफ्नो स्पर्धामा प्रतिस्पर्धा गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.