क्विक्स ग्रिनल्यान्ड बास्केटबल भ्याली पब्लिक र भद्रकाली विजयी

क्विक्स ग्रिनल्यान्ड बास्केटबल भ्याली पब्लिक र भद्रकाली विजयी

काठमाडौंः भ्याली पब्लिक र भद्रकालीले एघारौं क्विक्स ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार सफलता हात पारेका छन् । सिनियर ब्वाइजको खेलमा भ्यालीले नवजीवनलाई ३७-३२ अंकले हरायो ।

अर्को खेलमा भद्रकालीले ह्वाइट ह्याभेन्टमाथि ३०औ२९ अंकको रोमाञ्चक जित निकाल्यो । भ्यालीको जितमा विनोद नेपालीले १५ स्कोर गरे । भद्रकालीका सुजन महर्जनले सर्वाधिक ११ स्कोर गरे । सिनियर ब्वाइजको अन्य खेलमा गोल्डेनपिक, टीआईए र बीएनएले सफलता हात पारे ।

धापासीस्थित ग्रिनल्यान्ड स्कुुलको कोर्टमा भएको जुनियर ब्वाइजको खेलमा सामाखुसी बोर्डिङ स्कुल (सेब)ले ग्रिनफिल्डलाई २०–१४ अंकले हरायो ।

सेबको लगातार दोस्रो जितका लागि रवि शर्माले पुनः सर्वाधिक आठ स्कोर गरे । जुनियर ब्वाइजको अर्को खेलमा भ्याली पब्लिकले न्यु समिटलाई २२-१२ अंकले हरायो ।

भ्याली पब्लिकको जितमा लक्ष्मण परियारले ११ स्कोर गरे । जुनियरतर्फ नेरिकले पनि सफलता हात पार्‍यो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.