नेपालको कमजोर ब्याटिङ 

नेपालको कमजोर ब्याटिङ 

काठमाडौंः आईसीसी वल्र्ड क्रिकेट लिग (डब्लूसीएल) च्याम्पियनसिपअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल सात विकेटले पराजित भएको छ । नेदरल्यान्ड्सको भीआरए ग्राउन्डमा शनिबार सम्पन्न खेलमा नेपाली टोलीले कमजोर ब्याटिङ गर्‍यो ।
टस जितेपछि नेदरल्यान्ड्सले नेपाललाई पहिला ब्याटिङ गर्ने जिम्मा दिएको थियो । नेपाली टोली ३८.१ ओभरमा ९४ रनमा समेटियो । ३८ रन जोड्दा केवल एक विकेट गुमाएको नेपाली टोली त्यसपछि लगातार दबाबमा रह्यो । नेपाली पालीमा प्रारम्भिक ब्याट्सम्यान अनिल मण्डलले सर्वाधिक २० रन जोडे ।

अर्का ओपनर ज्ञानेन्द्र मल्लले ११, तेस्रो क्रममा ब्याटिङ गर्न आएका शरद भेषावकरले १४ र तल्लो क्रमका सोमपाल कामीले १२ रन जोड्नुबाहेक अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान पारस खड्का गोल्डेन डक आउट भए ।

सागर पुनले सात, विकेटकिपर राजु रिजालले तीन, विनोद भण्डारीले नौ र वसन्त रेग्मीले सात (अविजित) रन जोडे । बलिङतर्फ डच टोलीका टिम भान डर गुग्टेन र माइकल रिप्पोनले तीन तीन विकेट लिए । रोएलोफ भान डर मार्वीले दुई तथा मुदासर बुखारी र पल भान मिकेरेनले एक एक विकेट लिए ।

घरेलु टोलीले १६.५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । विकेटकिपर वेस्ली वारेस्सीले ३७ र प्रारम्भिक ब्याट्सम्यान स्टेफन माइबर्घले अविजित ३३ रन बनाए । अर्का ओपनर रिप्पोन ६ तथा मध्यक्रमका बेन कुपर पनि ६ रनमा आउट भए ।

पहिलो विकेटका लागि १३ रनको साझेदारी गरेको नेदरल्यान्ड्सले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी । नेपाली बलर करण केसी, वसन्त रेग्मी र सागर पुनले एक एक विकेट लिए । नेपाली ब्याटिङमा शरदले ७१ , अनिलले ३९, सागरले ३१ र वसन्तले २१ बलको सामना गरेका थिए ।

प्रतियोगिताको चौथो चरणको खेलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरेको हो । डच टोलीसँगको दोस्रो एकदिवसीय खेल सोमबार हुनेछ । प्रतियोगितामा आठ टोली छन् ।

हरेक टोलीले प्रत्येक टोलीसँग दुई दुईवटा एकदिवसीय खेल खेल्नेछन् । राउन्ड रोबिन लिग आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष चार टोली सन् २०१८ मा आयोजना हुने विश्वकप छनोटमा प्रवेश गर्नेछन् भने अन्तिम चार टोली डिभिजन दुईमा झर्नेछन् । डिभिजन दुईमा झर्ने टोलीले डिभिजन तीनबाट उक्लने दुई टोलीसँग विश्वकप छनोटको बाँकी दुई स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल सात खेलबाट चार अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्स अपराजित रहँदै सात खेलबाट १२ अंक जोड्न सफल छ । दोस्रो स्थानमा रहेको हङकङको नौ अंक छ ।

६ खेलपछि पपुआ न्युगिनीको आठ, स्कटल्यान्डको सात र केन्याको ६ अंक छ । ६ खेलपछि नामिबिया र यूएईको समान दुईदुई अंक छ । नेपाल पपुआन्युगिनी र स्कटल्यान्डसँग चारवटै खेलमा पराजित भएको थियो भने नामिबियालाई दुवै खेलमा हराएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.