राष्ट्रिय टोलीमा फर्किए लियोनल मेसी 

राष्ट्रिय टोलीमा फर्किए लियोनल मेसी 

बार्सिलोनाः चर्चित अर्जेन्टिनी फुटबलर स्टार लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट लिएको सन्न्यास फिर्ता लिएका छन् । दुई महिनाअघि सम्पन्न कोपा अमेरिका सेन्टेनारियो कप फुटबलको फाइनलमा अर्जेन्टिना चिलीसँग पराजित भएपछि मेसीले अब राष्ट्रिय टोलीबाट नखेल्ने सञ्चारमाध्यामबाट जानकारी दिएका थिए । कोपा अमेरिका कपको फाइनलमा उनी टाइब्रेकरमा चुकेका थिए ।

चार अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि नजित्नु आफ्नो भाग्य नभएको भन्दै सन्न्यास लिएको बताएका थिए । उनको यो निर्णयले विश्व फुटबललाई नै आश्चर्यमा पारेको थियो । यी २९ वर्षीय स्ट्राइकरलाई राष्ट्रिय टोलीमा फर्काउन अर्जेन्टिनाका राष्ट्रपतिदेखि त्यहाँका नागरिकले समेत सन्न्यास फिर्ता लिन निकै दबाब दिएका थिए ।

केही साताअघि अर्जेन्टिनी फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका एडगार्डो बाउजासँगको कुराकानीपछि मेसी राष्ट्रिय टोलीमा फर्कन सहमत भएको अर्जेन्टिनी अखबार ला नासियनले उल्लेख गरेको छ । मेसीले देशको मायाले टोलीलाई सहयोग गर्न आफूले सन्न्यास फिर्ता लिएको बताएका छन् ।

‘मैले अहिले अर्जेन्टिनी फुटबलमा धेरै समस्या देखेको छु र मेरो कारणले अर्को समस्या थप्न चाहन्न । म थप क्षति भएको हेर्न चाहन्नँ । मैले गर्न सक्नेजति गर्दै आएको छु । खासगरी अर्जेन्टिनी फुटबलमा केही समस्याको समाधान तत्काल आवश्यक छ । यसका लागि म बाहिर बसेरभन्दा टोलीभित्रै रहेर सहयोग गर्न चाहन्छु', सर्वाधिक पाँचपटकका फिफा वर्ष खेलाडी मेसीको भनाइ उद्धृत गर्दै ला नासियनले उल्लेख गरेको छ ।

अर्जेन्टिनाका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता मेसीले राष्ट्रिय टोलीबाट खेलेका एक सय ३३ खेलमा ५५ गोल गरिसकेका छन् । मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई पछिल्लो तीन वर्षमा तीन महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुर्‍याएका थिए ।

 तर, अर्जेन्टिना ती प्रतियोगिताको फाइनलमा अतिरिक्त समय र टाइब्रेकरमा उपाधिबाट चुक्दै आइरहेको थियो । अर्जेन्टिना पछिल्लो २३ वर्षयता सिनियर अन्तर्राष्ट्रिय उपाधिविहीन छ ।

मेसीले अर्जेन्टिनालाई सन् २०१४ को फिफा विश्वकप, गत वर्षको कोपा अमेरिका र यो वर्षको कोपा अमेरिकाको फाइनलमा पुर्‍याएका थिए । सन् २००७ को कोपा अमेरिकामा अर्जेन्टिना फाइनल पुग्दा पनि मेसी टोलीमा थिए । मेसीकै उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले सन् २००८ मा ओलम्पिकमा स्वर्ण जितेको थियो ।

मेसीले राष्ट्रिय टोलीमा फर्कने निर्णय गरेपछि विश्वभरका उनका समर्थकले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् । ‘गत कोपा अमेरिकाको फाइनलपछि मेरो दिमागमा धेरै कुरा खेल्यो । र, म साँच्चिकै राष्ट्रिय टोलीबाट बिदा हुने निर्णयलाई गम्भीरतापूर्वक लिएको थिएँ । राष्ट्रिय टोलीमा मेरो पुनरागमन चाहने सबैलाई म धन्यवाद दिन चाहन्छु ।

आशा गरौं, हामी चाँडै खुसीको खबर दिनेछौं', मेसीले भनेका छन् । मेसीले सन्न्यास फिर्ता लिएलगत्तै उनलाई विश्वकप छनोटअन्तर्गत आगामी महिना उरुग्वे र भेनेज्वेलाविरुद्ध हुने खेलका लागि अर्जेन्टिनी टोलीमा समावेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.