हुवावे वाई सिम्स सेकेन्ड सार्वजनिक
काठमाडौंः हुवावे उपभोक्ता व्यवसाय समूहले आफ्नो ‘वाई' सिरिजको ‘वाई सिक्स सेकेन्ड' स्मार्ट फोन नेपालमा सार्वजनिक गरेको छ ।
सरल र सहज ढंगले प्रयोग गर्न सकिने स्मार्टफोनको रूपमा कम्पनीले बजेट अनुकूल वाई सिक्स सेकेन्ड ल्याएको हो । ५.५ इन्चको स्क्रिन रहेको वाई सिक्स सेकेन्ड प्रयोगमा प्रयोगकर्ताले सफा र स्पष्ट भिडियो र पिक्चरको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।
६४ बिटको अक्टाकोर प्रोसेसर रहेको स्मार्टफोनमा दुई जीबी र्याम र १६ जीबी रोम छ, जसले फोनलाई नरोकिई चल्न मद्दत गर्छ । १३ मेगा पिक्सेलको मुख्य क्यामरा रहेको यसमा सेल्फीका लागि आठ मेगा पिक्सेलको फ्रन्ट क्यामरा छ ।
तीन हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन सुनौलो, कालो र सेतो रङमा उपलब्ध छ । यसको बजार मूल्य १९ हजार नौ सय ९९ रहेको कम्पनीले जनाएको छ ।