डीएभीमा यामाहाको सेफ राइडिङ साइन्स
काठमाडौंः यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले डीएभी कलेजमा ‘यामाहा सेफ राइडिङ साइन्स' आयोजना गरेको छ ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत युवालक्षित वाईएसआरएस कार्यशाला आयोजना गर्दै आएको छ । डीएभी कलेजमा स्नातक तह अध्ययनरत एक सय ९० जना विद्यार्थी सहभागी थिए ।
उनीहरूलाई एमएडब्लूका इन्स्ट्रक्टरले सडक दुर्घटनाका कारण, यसबाट जोगिने उपाय, सवारी हाँक्दा अपनाउनुपर्ने सावधानी, जटिल ट्राफिक अवस्थालाई मूल्यांकन गर्ने वैज्ञानिक उपाय, ‘राइडिङ पोस्चर', ‘ब्रेक टिप्स' र ट्राफिक नियम पालनाको आवश्यकताबारे जानकारी दिएको कम्पनीले जनाएको छ ।
कार्यशालामा सहभागी विद्यार्थीलाई प्रमाणपत्रसमेत दिइएको थियो । कार्यशालापछि विद्यार्थीलाई टेस्ट राइड गराइनुका साथै सिकारु चालकलाई विशेष तालिम दिइएको कम्पनीले जनाएको छ ।