सनराइज बैंकको अभिमुखीकरण कार्यक्रम

सनराइज बैंकको अभिमुखीकरण कार्यक्रम

काठमाडौंः सनराइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबार आयोजित उक्त कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उद्घाटन गरेका थिए । कार्यक्रममा स्रोत व्यक्तिको रूपमा चार्टर्ड एकाउन्टेन्ट सुदर्शनराज पाण्डे उपस्थित थिए ।

यस कार्यक्रमले परम्परागत रूपमा प्रदान गर्दै आएका वित्तीय सेवामा मात्र सीमित नरहेर आधुनिक सूचना प्रविधिको विकास, व्यवसाय सञ्चालनमा पर्न सक्ने समस्या र व्यवसाय सञ्चालनपूर्व अपनाउनुपर्ने सामान्य विधिका साथै व्यवसाय विस्तार गर्न मद्दत पुग्ने बज्राचार्यले बताए ।

कार्यक्रममा सामान्य लेखाशास्त्रका सिद्धान्त, चालू पुँजी व्यवस्थापनका आधारभूत नियम, सरकारको कर नीति, कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुरा, कर दाखिला तथा चुक्ता प्रमाण र व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुराका बारेमा जानकारी प्रदान गरिएको थियो । बैंकले भविष्यमा अझ सशक्त भूमिका निर्वाह गरी थप कार्यक्रम सञ्चालनमा ल्याउने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.