‘विदेशी इसारामा सत्ता परिवर्तन’

‘विदेशी इसारामा सत्ता परिवर्तन’

काठमाडौंः एमालेका केही नेताहरूले माओवादी केन्द्रलाई भद्र सहमतिका नाममा सरकारको नेतृत्व जिम्मा दिएको भए पनि त्यो समीकरण कायम हुन नसक्ने दाबी गरेका छन् । उनीहरूले वर्तमा समीकरण परिवर्तन हुनुमा विभिन्न बाह्य शक्ति केन्द्रको चलखेल रहेको समेत टिप्पणी गरेका छन् ।

सो पार्टीको शुक्रबार जारी स्थायी समिति बैठकमा बोल्दै केही नेताहरूले यस्तो दाबी गरेको बैठकका सहभागी एक नेताले बताए ।

बैठकमा बोल्दै उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्बाङ र स्थायी समिति सदस्य छविलाल विश्वकर्माले यस्तो धारणा राखेका हुन् ।

‘हाम्रो पार्टीले एमाले र माओवादी केन्द्रका बीचमा निर्माण भएको समीकरणलाई दीर्घकालीन रूपमा अघि बढाउन चाहेको भए तापनि माओवादी केन्द्र स्वयंले राजनीतिक समीकरणको कोर्स बदल्न चाहेको र उसलाई विभिन्न शक्तिहरूको प्रलोभनले त्यस्तो ठाउँमा पुर्‍याएको कारणले नै बदलिन पुगेको हो भन्ने भनाइ बैठकमा प्रस्तुत भएका छन्’, बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा संविधानसभा र संसद्मा पार्टीले खेलेको भूमिका, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठित सरकार र त्यसले गरेका काम, अघिल्लो राजनीतिक समीकरणमा परिवर्तन र नयाँ समीकरण निर्माण, पार्टीको आन्तरिक क्रियाकलाप, आगामी कार्यभारलगायतका विषयमा समीक्षात्मक धारणा राख्ने क्रम जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

संविधान निर्माणमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको, पार्टी नेतृत्वको सरकारले जनता र राष्ट्रका पक्षमा सकारात्मक काम गरेको, परराष्ट्र सम्बन्धलाई सन्तुलित रूपमा परिचालन गरेको, राष्ट्रको आर्थिक समृद्धिका पक्षमा जनतामा आत्मविश्वास बढाएकोलगायतका उपलब्धि हासिल भएको पनि सदस्यहरूले दाबी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.