चर्चामा नेपाली साहित्यकारका एतिहासिक तीन तस्बिर

चर्चामा नेपाली साहित्यकारका एतिहासिक तीन तस्बिर

मोबाइलसँगै क्यामेरा नै बोकि हिंड्ने नयाँ पुस्तालाई तस्विरको महत्व के रहला ? तर, समय सधैं आजजस्तो कहाँ थियो र ? कुनै बेला तस्विर खिचाउनु पनि निकै ठूलो महत्वको विषय थियो । समय, परिस्थिति र प्रसंग मिलाएर फोटो खिचाउनुपथ्र्यो ।

महंगा र प्रविधिको अभाव हुनाले त्यतिबेला क्यामेरा निकै कम मानिससँग मात्र हुन्थ्यो । त्यसरी ती दुर्लभ क्षणमा खिचिएका तस्विरहरुले इतिहासमा निकै महत्व राख्ने गरेका छन् । यहाँ त्यस्तै महत्वका तस्विरहरु प्रस्तुत छन् । नेपाली साहित्यका महत्वपूर्ण हस्तीहरु सम्मिलित यी तीन तस्विर तीन कालखण्डका हुन् । तस्वीरले आफ्नै प्रकारको महत्व र इतिहास बोक्नेमा दुईमत नहोला ।

नौ सालको तस्विर

यो तस्विर डा. तारानाथ शर्मा र खेमराज नेपालबाट प्राप्त भएको हो । शर्माका अनुसार २००९ सालमा इलामको करफोकमा नेपाली भाषा प्रचारक संघ (महानन्द सापकोटा र नरेन्द्रनाथ बाँस्तोला समेतले खोलेको) भन्ने संस्थाले २००९ सालमा देश–विदेशबाट साहित्यकारहरू झिकाएर साहित्य सम्मेलन गरेको थियो । त्यहाँ भेला भएका साहित्यकारहरूलाई दार्जिलिङको ‘दास स्टुडियो’मा लगेर खिचेको थियो । यो त्यहीं तस्विर हो । तस्वीरलाई तारानाथले सरस्वतीको सम्मेलन नाम दिएर लेखहरू पनि लेख्नुभएको छ ।

तस्विर खिचिएको क्षण सम्झिंदै शर्मा भन्नुहुन्छ- ‘इलामको करफोकमा २००९, सालमा ‘कर्फोक विद्या मन्दिरमा’ ‘नेपाली भाषा प्रचारक संघ’को आयोजनामा नेपाली भाषाको उत्थानको निम्ति विभिन्न व्यक्तिलाई देश विदेशबाट झिकाएर साहित्य सम्मेलन गराएको थियो । करफोकमा फोटो खिच्ने स्टुडियो थिएन । त्यो गाउँ नै थियो । इलामबाट दार्जिलिङको दास फोटो स्टुडियोमा साहित्यकारहरूलाई लगेर तस्वीर खिच्यौं । त्यहाँ महानन्द सापकोटा र पारसमणि प्रधान उपस्थित हुन सक्नु भएन ।’ तस्विरमा देखिने मुहारहरु निम्नानुसार छन्ः

फोटोमा बसेकाहरूमा क्रमशः बायाँबाट (पहिलो पङ्क्तिमा): (१) चन्द्रकान्ता मल्ल (शहीद शुक्रराजकी बहिनी) (२) पुण्यप्रभा देवी ढुङ्गाना,
(३) बालकृष्ण सम, (४) लेखनाथ पौड्याल (५) लक्ष्मीप्रसाद देवकोटा, (६) धरणीधर कोइराला (७) रामप्रसाद मानन्धर । अगाडी बसेका बालक रामप्रसाद मानन्धरका छोरा हुन् ।

पहिलो लहरमा उठेकाहरू (बीचमा)

(८) पीटी लामा (९) नरेन्द्रनाथ बाँस्तोला (१०) पर्शुराम रोक्का (११) दीर्घराज कोइराला (१२) सूर्यविक्रम ज्ञवाली (१३) देवीप्रसाद उप्रेती (१४) बीरेन्द्र खुजेली ।
पछिल्लो लहरमा उठेकाहरू (अन्तिम)

(१७) डा. भीष्मराज प्रसाई (१८) फत्तेबहादुर बुढाथोकी (१९) डा. गङ्ंगानाथ बाँस्तोला (२०) शङ्कर लामिछाने (२१) डा. ईश्वर बराल (२२) निर्मलकुमार शर्मा (२३) डा. तारानाथ शर्मा (२४) अग्नीराज श्रेष्ठ (२५) हरिनाथ बाँस्तोला ।

एघार सालको तस्विर

 यो तस्विर इतिहासकार चित्तरञ्जन नेपालीबाट प्राप्त भएको हो । नेपालीका अनुसार यो तस्विर २०११ साल पुष २२ गते नाटककार बालकृष्ण समले खिचेका हुन् । कवि शिरोमणी लेखनाथ पौड्यालको रथयात्राको क्रममा खिचिएको नेपालीले बताए । चित्तरञ्जन नेपाली त्यो क्षण यसरी सम्झिन्छन्ः

‘नेपाली साहित्यको इतिहासमा एउटा उल्लेखनीय घटना भयो लेखनाथको रथयात्रामा । त्यो रथयात्रा २०११ साल पुस २० गते भएको थियो । पुराना, वृद्ध र कविशिरोमणिको उपाधी पनि पाएको लेखनाथलाई सम्मान गर्न साहित्यकारहरूको समिति बन्यो । त्यो बेलाका युवाहरू म, सत्यमोहन जोशी, कृष्णचन्द्र सिंह प्रधान देखि प्रसिद्ध साहित्यकारहरू समेत लागेका थियौँ ।

हामीले निकै मिहीनेत गरेर लेखनाथको रथ यात्रा गर्‍यौँ । लेखनाथको घर ठमेलदेखि रथ तान्दै टुडिखेलको खरिको बोट (हालको सैनिक मञ्च) सम्म ल्याएर राखियो । सबभन्दा ठूलो महत्वको विषय, तत्कालीन प्रधानमन्त्री मातृकाप्रसादले पनि रथ तानेका थिए । नेपालको इतिहासमा साहित्यकारलाई दिइएको त्यो ठूलो सम्मान थियो । त्यतिबेला कवि शिरोमणिलाई थैली पनि भेट गरिएको थियो ।

लेखनाथले खुसीले गद्गद् भएर त्यो पैसा शिक्षा परिषद्लाई दिनु भयो । उहाँले एउटा साहित्य मन्दिर बनोस् भन्नु भयो । गोपाल पाँडेको सत्प्रयाशमा ठमेल सोह्रखुट्टेमा साहित्य मन्दिर पनि बनेको छ । त्यो त्यही पैसाले बनेको हो । सो रथारोहणकै उपलक्ष्यमा समजीले ज्ञानेश्वरको आफ्नो निवासमा पुस २२ गते प्रीति भोज आयोजना गर्नु भयो ।

त्यसमा सबै विधाका कवि लेखक र त्यस बखतको माथिल्लो तहका राजनीतिज्ञहरू पनि सहभागी भए । यो तस्विर त्यहीं क्षणको हो । उक्त तस्वीर नाट्य सम्राट बालकृष्ण समले नै खिचेका थिए । त्यो तस्वीरमो त्यस बखतका नाम चलेका प्रायशः सबै साहित्यकारहरू र उच्च राजनीतिज्ञहरू सबै उपस्थित छन् । त्यहाँ उपस्थित नभएका र विरामी भएको कारणले गोपाल प्रसाद रिमाल र हृदयचन्द्र सिंह प्रधान देखिनु हुन्न ।’

नेपालीले राखेको क्रम अनुसार तस्विरमा उपस्थित व्यक्तित्वको विवरण यसप्रकार छः

बसेकाहरु (क्रमशः बायाँबाट) : (१) चित्तरञ्जन नेपाली (२) रामप्रसाद श्रेष्ठ (३) विजय मल्ल (४) श्यामदाश वैष्णव (५) नारायणप्रसाद बाँसकोटा (६) भवानी भिक्षु (७) देवेन्द्रराज उपाध्याय (८) केशवराज पिंडाली (९) गोविन्दबहादुर गोठाले (१०) सत्यमोहन जोशी (शताब्दी पुरुष) (११) माधवप्रसाद घिमिरे (राष्ट्रकवि) ।
उभिएकाहरू पहिलो पंक्ति (क्रमशः बायाँबाः (१२) रामवृक्ष वेणीपुरी (भारतका प्रसिद्ध कवि) (१३) विश्वेश्वरप्रसाद कोइराला (१४) डिल्लीरमण रेग्मी (१५) केशरशमशेर ज.ब.रा. (१६) तारिणीप्रसाद कोइराला (१७) टंकप्रसाद आचार्य (१८) चूडानाथ भट्टराय (१९) भद्रकाली मि श्र (२०) रुद्रराज पाण्डे (२१) लेखनाथ पौड्याल (कविशिरोमणि) (२२) बाबुराम आचार्य (इतिहास शिरोमणी) (२३) चित्तधर हृदय (कविकेशरी) (२५) मातृकाप्रसाद कोइराला (२६) दमनराज तुलाधर (२७) गोपाल पाँडे (२९) केदारमान व्यथित र (३०) पुष्करशमशेर जवरा (२४ औं र २८ औं स्थानको व्यक्तिलाई नेपालीले सम्झन सक्नुभएन ।
दो श्रो पंक्ति (क्रमशः बाँयाबाट): (३१) बासु पासा (३२) रामहरि जोशी (३३) केदारनाथ न्यौपाने (३४) यादवप्रसाद पन्त (३५) प्र.म को अङ्गरक्षक (३६) विष्णुप्रसाद धिताल (२७) सिद्धिचरण श्रेष्ठ (३८) लक्ष्मीप्रसाद देवकोटा (महाकवि) र (३९) बालकृष्ण सम ।

सत्तरी सालको तस्विर

यो तस्विर समयको हिसाबले वर्तमान कालकै हो । डिजिटल युग शुरु भइसकेपछिको यो तस्विरको महत्व एउटैमा छ, त्यो हो यसमा नौ सालको तस्विरका व्यक्तित्व पनि अटाएका छन् । म आफैले लिएका अन्तर्वार्ताहरुको संग्रह तथा हिमालय बुक स्टलले प्रकाशन गरेको ‘सिर्जना र दृष्टिकोण’ पुस्तकको लोकार्पणको अवसरमा २०७० साल फागुन २४ गते नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सुपा देउराली फोटो स्टुडियोका ज्योतिराम खनालले यो तस्विर लिएका हुन् । यस फोटोमा ९० वर्ष नाघेकै पनि चार पाँच जना हुनुहुन्छ ।

ती दीर्घजीवीहरूमा राष्ट्रकवि माघव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, मदनमणि दीक्षित, श्यामदास वैष्णव आदि हुनुहुन्छ । तस्विरमा देखिने व्यक्तिहरु निम्नानुसार छन्ः

पहिलो लहरमा (बाँयाबाट क्रमश): (१) कृष्णप्रसाद पराजुली (२) कुमारबहादुर जोशी (३) लोकेन्द्रबहादुर चन्द (४) चित्तरञ्जन नेपाली (५) मदनमणि दीक्षित (६) माधवप्रसाद घिमिरे (७) श्यामप्रसाद शर्मा (८) तारानाथ शर्मा (९) सत्यमोहन जोशी (१०) नगेन्द्रराज शर्मा (११) रोचक घिमिरे (१२) श्यामदास वैष्णव  (१३) गोविन्दप्रसाद लोहनी (१४) बेञ्जु शर्मा (१५) रामदयाल राकेश (१६) रविचरण श्रेष्ठ (१७) पुष्कर लोहनी दोस्रो लहरमा (बाँयाबाट क्रमश)ः (१८) तोयानाथ भट्टराई (१९) परशु प्रधान (२०) प्रकाश ए राज (२१) गोपीकृष्ण शर्मा (२२) पद्मराज काफ्ले (२३) शिव रेग्मी (२४) अभि सुवेदी (२५) गीता केशरी (२६) माया ठकुरी (२७) खगेन्द्र लुइँटेल २८) भगीरथी श्रेष्ठ (२९) दुर्गालाल श्रेष्ठ (३०) रत्नशमशेर थापा (३१) ज्ञान उदास (३२) सनत रेग्मी (३३) गोपाल पराजुली (३४) रागिनी उपाध्याय (३५) यादव खरेल तेस्रो लहरमा (बाँयाबाट क्रमश)ः (३६) नगेन्द्र शर्मा (३७) बिन्दु सुवेदी (३८) शान्ता शर्मा (३९) तोया गुरुङ (४०) मुकुन्दशरण उपाध्याय (४१) राजेश्वर देवकोटा (४२) वासुदेव त्रिपाठी (४३) आनन्ददेव भट्ट (४४) शशीप्रसाद बजगाईँ (४५) चक्रबन्धु अर्याल (४६) नारायण ओली (४७) विमल सुवेदी (४८) गङ्गाप्रसाद उप्रेती (४९) राजेन्द्र भण्डारी (५०) कालीप्रसाद रिजाल (५१) टुकनाथ शर्मा (५२) सूर्य सुवेदी (५३) जगतबहादुर केसी (५५)अनिल हिमाल गौतम ।

के छ त तस्विरको महत्वः  शताब्दी पुरुष सत्यमोहन जोशी भन्छन्ः ‘साहित्यकारहरूको पृष्ठभूमिले गर्दा नै उनीहरू एउटै थलोमा निम्त्याइए । उनीहरूको योगदानको कदर गरेर नै तस्वीरहरू खिचिए । एक दुई जनाको नाम छुटे पनि साराको नाम अङ्कित भयो । उनीहरूको लेखन कर्मलाई नै आजका मान्छेले श्रद्धा र सहानुभूती राख्छन् । भोली यो क्रम अझ बढी बढ्छ ।’ श्रेष्ठका अनुसार यी तस्वीरहरू नेपाली जातिका लागि नै प्रेरणाका श्रोत र सम्पत्ति भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.