गगन थापासहित आजै कांग्रेसका ११ मन्त्री

गगन थापासहित आजै कांग्रेसका ११  मन्त्री

काठमाडौँ: कांग्रेसले सरकारमा सहभागि हुने मन्त्रीहरु बुधबार बठाउने भएको छ । सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाएर बुधबार साँझ सपथ गराउने तयारी गरिएको छ ।

सभापति शेरबहादुर देउवाले सरकारमा सहभागि हुने मन्त्री चयन गरिसकेका बताउदै बुधबार सपथ हुन सक्ने बताए । ‘मन्त्री छनोटमा कांग्रेसमा कुनै विवाद छैन, चाँडै मन्त्री पटाउछौँ’ महामन्त्री शशांक कोइरालाले आफ्नै निवास टोखामा आयोजना गरको चियापना कार्यक्रममा संचारकर्मीहरुसँग देउवाले भने ।

देउवा शुक्रबार उपचारका लागि सिंगापुर जाने र बिहीबार सार्वजनिक विदा भएकाले पनि बुधबार सरकारमा सहभागी मन्त्री पठाउने तयारी गरेका हुन् ।

देउवाले नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काको सिफारीसमा एक÷एक जना र नेता रामचन्द्र पौडेलको सिफारीसमा तीन वा चार जना मन्त्री बनाउने भएका छन् ।

स्रोतका अनुसार देउवाले अर्जुननरसिह केसी, प्रकाशसरण महत, बालकृष्ण खाँड र जीवनबहादुर शाहीलाई सरकारमा पठाउने लगभग टुंगो लगाईसकेका छन् । केसीलाई शिक्षा, महतलाई परराष्ट्र, खाँडलाई रक्षा र शाहीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिनसक्ने सम्भावना छ । त्यस्तै मिनबहादुर विश्वाकर्मा वा केशवकुमार बुढाथोकी मध्य एक जना पनि मन्त्री हुने भएका छन् । त्यस्तै मुश्लिमबाट फरमुल्लाह मन्सुर पनि मन्त्री हुने सम्भावना छ ।

त्यस्तै, नेता पौडेलबाट सीतादेवी यादव र दिपक गिरी मन्त्री हुने लगभग निश्चित भएको छ । यादवलाई वन र गिरीले श्रम मन्त्रालय पाउने सम्भावना छ । त्यस्तै रोमी गौचन र नविन्द्रराज जोशीको पनि सम्भावना देखिएको छ ।

यता नेता कृष्णप्रसाद सिटौलाबाट भने गगन थापा मन्त्री हुने सम्भावना छ । थापाले शहरी विकास मन्त्रालय पाउनु पर्ने दावी गरेका छन् ।

त्यस्तै, नेता खड्काबाट मोहोनबहादुर बस्नेत वा शंकर भण्डारी मध्ये एक जना मन्त्री हुन सक्ने बताइएको छ । स्रोतका अनुसार सरकारमा सहभागि हुने राज्य मन्त्रीहरु भने देउवा सिंगापुरबाट फर्किएपछि मात्रै पठाउने तयारी छ ।

कांग्रेसले पाएको १३ मन्त्रालयमा उपप्रधान र गृहसहित बिमलेन्द्र निधि र भैतिक पूर्वाधार तथा यातयातमा रमेश लेखकले यसअघिनै सपथ खाईसकेका छन् भने अव ११ जना मन्त्री मात्रै पठाउन बाँकी छ ।

कांग्रेसले मन्त्री पठाउदा समावेशी सिद्धान्तलाई मुख्य आधार बनाउने भएको छ । त्यस्तै नयाँ संविधान अनुसार प्रत्येक प्रदेशबाट कम्तिमा एक जना नछुटाउने नीति पनि मन्त्री छनोटमा लिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.