परेवाले पेरिसमा यसरी शान्ति फर्कायो
एजेन्सीः चरमपन्थी हमला, हडताल र बाढीको चपेटामा परेको पेरिस शान्तिको बाटोमा प्रवेश गरेको छ । विभिन्न आक्रमणको चपेटामा परेको पेरिसमा पछिल्ला दिनमा पर्यटकको संख्यामा कमी आए विस्तारै स्थानीयवासी तथा पर्यटकले पेरिसमा खुशी फर्काउन थालेका छन् ।
हमलापछि अशान्त बनेको पेरिस पुगेर एक पर्यटकको टाउको र दुवै हातमा परेवा बोकेको तस्बिर खिचाएर पेरिस शान्त भएको झल्को दिएकी छन् । उक्त तस्बिर अहिले चर्चामा छ । तस्बिरः एजेन्सी