राष्ट्रिय सुरक्षा र आर्थिक कूटनीति सुदृढ बनाउनुपर्छः राष्ट्रपति

राष्ट्रिय सुरक्षा र आर्थिक कूटनीति सुदृढ बनाउनुपर्छः राष्ट्रपति

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले देशको सर्वोपरि हितलाई केन्द्रमा राखेर मुलुकको राष्ट्रिय एकता, सुरक्षा र आर्थिक कूटनीतिलाई सुदृढ तुल्याउनुपर्नेमा जोड दिएकी छन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा तालिमरत कूटनीतिक सेवाका शाखा अधिकृतसँग बुधबार अपराह्न राष्ट्रपति कार्यालयमा भएको सामूहिक शिष्टाचार भेटमा उनले सार्वजनिक सेवाका सबै निकायले सेवा भावले जनताका काम गर्नुपर्ने आवश्यकता औल्याइन ।

राष्ट्रिय स्वाभिमानलाई शिरमा राखेर उच्च नैतिक आचरणका साथ कार्यसम्पादन गर्न र कूटनीति क्षेत्रलाई सबल एवम् सक्षम बनाउन दत्तचित्त भएर लाग्न तालिमका सहभागीलाई निर्देशन दिउ ।

जनमुखी निजामती प्रशासन नारामा होइन व्यवहारमा उतार्नु आजको आवश्यकता भएको राष्ट्रपतिको भनाइ छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रापन्नाकाजी अमात्यले प्रतिष्ठानको परिचय प्रस्तुत गर्दै अधिकृतलाई प्रदान गरिएको सेवाकालीन प्रशिक्षणका विषयवस्तुबारे जानकारी गराए ।

तीनमहिने उक्त तालिममा कूटनीतिक सेवाका ११ जना अधिकृत सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.