शिखरले फोटो पत्रकारको बिमा गर्ने
काठमाडौंः शिखर इन्सुरेन्स र फोटो पत्रकार क्लबबीच फोटो पत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बिमा गर्ने सम्झौता भएको छ ।
राजधानीमा बुधबार शिखर इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपकुमार पाण्डे र क्लबका अध्यक्ष विकास कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार शिखर इन्सुरेन्सले फोटो पत्रकारहरूको क्यामेरामा तीन लाखसम्म, स्वास्थ्यमा एक लाख र दुर्घटनामा पाँच लाख रुपैयाँसम्मको बिमा गरिदिनेछ ।
कार्यक्रममा शिखर इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डेले फोटो पत्रकारसँग गरिएको सम्झौताले नयाँ मोड लिएको बताए । क्लबका अध्यक्ष कार्कीले शिखर इन्सुरेन्ससँगको सहकार्यले फोटो पत्रकारहरूलाई निर्धक्क आफ्नो जिम्मेवारीमा लाग्न प्रेरित गरको बताए ।
प्रतिक्रिया दिनुहोस !
४