कलर्सका नयाँ प्रविधियुक्त मोबाइल

कलर्सका नयाँ प्रविधियुक्त मोबाइल

काठमाडौंः कलर्सले नेपाली बजारमा नयाँनयाँ प्रविधियुक्त स्मार्टफोन सार्वजनिक गरिरहेको छ । कम्पनीले ग्राहकलाई लक्षित गरेर विभिन्न योजना पनि सार्वजनिक गरिरहेको छ ।

फोर्थ जेनेरेसनका स्मार्टफोन १२ हजार पाँच सयदेखि १६ हजारसम्ममा उपलब्ध गराइरहेको कम्पनीले पछिल्लो समय आफ्नो उत्पादनलाई प्रविधि मैत्री र आकर्षक डिजाइनका साथ बजारमा ल्याएको छ ।

कम्पनीले थोरै मूल्यमा गुणस्तरीय स्मार्टफोन ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । यही क्रममा ग्राहकको रोजाइलाई ध्यानमा राखेर कलर्सले विभिन्न सिरिजका मोबाइलको मूल्य आठदेखि १० प्रतिशतले कम गर्नुका साथै विभिन्न ‘अफर’ पनि सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

कलर्स मोबाइल इ१५ सिरिजको स्मार्ट फोन अब ग्राहकले १२ हजार चार सय ९५ मा प्राप्त गर्न सक्नेछन् । साथै फोनमा ६ महिनासम्म सट्टा गर्ने ग्यारेन्टी पनि छ । कलर्सको इ २० सिरिजको १५ हजार नौ सय ९५ पर्ने फोन १३ हजार नौ सय ९५ मा प्रदान गरिरहेको छ ।

त्यस्तै ग्राहकको आकर्षणलाई ध्यानमा राख्दै कलर्सले के३ सिरिजको मूल्य १७ हजार चार सय ९५ बाट घटाएर १५ हजार नौ सय ९५ कायम गरेको कम्पनीले जनाएको छ । यो मोबाइलको खरिदमा ग्राकहले १० हजार मिलिएम्पेयर आवर क्षमताको पावर बैंक निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.