जगदम्बा स्टिल्सद्वारा राइनो ५००डी सार्वजनिक

जगदम्बा स्टिल्सद्वारा राइनो ५००डी सार्वजनिक

काठमाडौंः  शंकर गु्रपअन्तर्गतको जगदम्बा स्टिल्स प्रालिले नेपाली बजारमा ‘ग्यारेन्टेड डक्टिलिटी’ सहितको राइनो ५००डी फलामे छड सार्वजनिक गरेको छ ।
राइनो ५००डी मजबुती तथा डक्टिलिटीसहितको नयाँ छड हो । उत्पादन प्रक्रिया, भौतिक तथा रासायनिक गुणको सम्मि श्रणलगायत कारणले यो छड बजारमा उपलब्ध अन्य उत्पादनभन्दा विशेष र पृथक् रहेको कम्पनीले जनाएको छ ।

ग्रेड एफई ५०० डीमा कम्पनीले सल्फर र फोसफोरसको सम्मि श्रणको अधिकतम ०.०७५ प्रतिशतमात्र प्रयोग गरेको छ । यसले गर्दा छड अत्यधिक मजबुत हुनुका साथै उच्च डक्टिलिटीको सुनिश्चितता प्रदान गर्नेछ । कम्पनीका अनुसार उक्त उत्पादनको खरिदमा कम्पनीले आफ्ना उपभोक्तालाई राइनो ५००डी ग्यारेन्टी कार्ड पनि उपलब्ध गराउँछ ।

यो कार्डले उपभोक्तालाई निर्माणमा गुणस्तर र सुरक्षाको प्रत्याभूति दिने विश्वास कम्पनीले लिएको छ । कार्यक्रममा शंकर गु्रपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले अहिले अर्थ व्यवस्थामा देखिएको उन्नतिका कारण हाउजिङलगायत पूर्वाधार विकासको क्षेत्रमा व्यापक अवसर सिर्जना भएको बताए ।

उनले भूकम्पीय क्षति न्यूनीकरणका लागि सुरक्षित तथा भूकम्प प्रतिरोधात्मक निर्माण भने ठूलो चुनौतीका रूपमा रहेको बताउँदै यही चुनौतीको सामना गर्ने सोचका साथ एफई ५००डी गे्रडमा फलामे छड राइनो ५००डी सार्वजनिक गरेको जनाए ।

कम्पनीका अनुसार राइनो ५००डी फलामे छड नेपालजस्तो उच्च भूकम्पीय जोखिम सम्भावित क्षेत्रमा साना घरदेखि ठूल्ठूला पूर्वाधारलगायत परियोजना निर्माणका लागि विशेष उपयुक्त हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.