पश्चिमाञ्चल फाइनान्सको १५ प्रतिशत बोनस
काठमाडौंः पश्चिमाञ्चल फाइनान्स कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
कम्पनीको बुधबार सम्पन्न २०औं वार्षिक साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
१५ प्रतिशत बोनस सेयर वितरणपश्चात् हालको जारी तथा चुक्ता पुँजी ४० करोड ३५ लाख वृद्धि भई ३४ करोड ९० लाख ३३ हजार कायम हुने संस्थाले जनाएको छ ।
फाइनान्सले गत आव २०७१/०७२ मा कुल सञ्चालन आम्दानी ४४ करोड १५ लाख तथा कुल सञ्चालन खर्च ३० करोड सात लाख पुर्याएको जनाएको छ । नोक्सानी व्यवस्थाअघि फाइनान्स कम्पनीले १४ करोड सात लाख ८० हजार सञ्चालन मुनाफा गरेको कम्पनीले जनाएको छ ।