‘विशेष दूत बनाएर मन्त्रीलाई भारत र चीन पठाउनु राम्रो संकेत होइन’

‘विशेष दूत बनाएर मन्त्रीलाई भारत र चीन पठाउनु राम्रो संकेत होइन’

बुटवल: नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले वर्तमान सरकारले दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई विशेष दूतका रुपमा भारत र चीन पठाएको कुराले पनि मुलुकका लागि राम्रो सङ्केत नगरेको टिप्पणी गरेका छन्। 

वैद्यले असमान सन्धि सम्झौता खारेज नहुँदासम्म भारतले नेपालमाथि गर्ने व्यवहार हेपाहा प्रवृत्तिको हुने बताए। र्टीको राष्ट्रिय भेला तथा केन्द्रीय समितिले गरेका निर्णयका बारेमा कार्यकर्तालाई प्रशिक्षण गर्न बुटवल आएका अध्यक्ष वैद्यले बिहीबार बिहान पत्रकारहरुसँगको भेटघाटमा पार्टीले नव जनवादी क्रान्तिको तयारी गरिरहेको बताए। 

जारी संविधान दक्षिणपन्थी नवसंशोधनवादमा आधारित, २०४७ कै निरन्तरता भएकाले त्यसलाई कदापि स्वीकार्न नसकिने बताउँदै उनले उक्त संविधानलाई खारेज नै गर्नुपर्ने जिकिर गरे। उनले संविधानले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको कुरालाई नसमेटेकाले त्यसकै लागि उक्त पार्टीले जनवादी क्रान्तिको तयारी गरिरहेको बताए।

पामुलुकमा पुरानै राजनीतिक धारलाई टिकाइराख्ने र आफूले हालीमुहाली गर्ने तथा पुरानो राजनीतिक धारलाई झुकाउने दुई धारमा मुलुक रुमलिएको बताए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.