कांग्रेसका १३ मन्त्रीको सपथ अाज बिहान

 कांग्रेसका १३ मन्त्रीको सपथ अाज बिहान

काठमाडौं: कांग्रेसले सरकारमा सहभागि हुने १३ जना मन्त्रीको नाम टुंगो लगाएको छ।

बिहीबार साँझ १३ जना मन्त्रीको नाम औपचारिक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइएको छ । नयाँ मन्त्रीको शुक्रबार बिहान नौ बजे सपथको कार्यक्रम राखिएको छ ।

यसअघि पार्टीका नेता रामचन्द्र पौडेल पक्षको असन्तुष्टिका कारण मन्त्री छनोटमा अवरोध हुदै आएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले पौडेल समूहलाई पाँच मन्त्री दिने सहमति गरेपछि मन्त्री छनोट भएको हो ।

कांग्रेसबाट शुक्रबार सहभागि हुने मन्त्रीहरुमा देउवाले ६, पौडेलले पाँच, नेता कृष्णप्रसाद सिटौलाले एक र अर्का नेता खुमबहादुर खड्काले एक गरी १३ मन्त्रीको सपथ खुवाउने छ ।

कांग्रेसमा मन्त्रालयको भागवण्डामा विवाद आएपनि प्रधानमन्त्री दाहालसँग सल्लाह गरेर कांग्रेसले १५ मन्त्रालय पाउने सहमति भएको छ । मधेसी मोर्चा तत्काल सरकारमा नआउने भएकाले कांग्रेसलाई १५ मन्त्रालय दिन माओवादी तयार भएको हो ।

देउवाले परराष्ट्र मन्त्रीमा डा.प्रकाशसरण महतलाई पठाउने भएका छन् । त्यस्तै रक्षामा बालकृष्ण खाँड र शहरी विकासमा अर्जुननरसिह केसी मन्त्री हुने भएका छन् ।

त्यसैगरी, पर्यटन मन्त्रालयको जिम्मेवारीमा जीवनबहादुर शाही जाने भएका छन् । सुर्यमान गुरुङ श्रम र  केशवकुमार बुढाथोकी सामान्य प्रशासन मन्त्री हुने भएका छन् ।

त्यस्तै,  पौडेलबाट दिपक गिरी सिचाई, ह्दयराम थानी गरिबी निवारण तथा सहकारी, नविन्द्रराज जोशी उद्योग, रोमी गौचन थकाली वाणिञ्य र सीतादेवी यादव शान्ति मन्त्री हुने भएका छन् ।

सिटौलाको सिफारीसमा युवा नेता गगन थापा स्वास्थ्य मन्त्री हुने भएका छन् भने खड्काको सिफारीसमा शंकर भण्डारी वन मन्त्री हुने भएका छन् ।

यसअघि कांग्रेसबाट उपप्रधान एवम् गृहमा बिलमेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातयात मन्त्रीमा रमेश लेखक गैसकेका छन् । अब कांग्रेसको भागमा जम्मा मन्त्रीको संख्या १५ पुगेको छ ।

माअ‍ोवादी केन्द्रले भने प्रधानमन्त्री बाहेक ८ मन्त्रालय पाएको छ । माओवादीले चार जना राज्य मन्त्री पनि बनाइसकेको छ । कांग्रेसबाट पनि ५ जना राज्य मन्त्री हुने सहमति भएपनि त्यसको निर्णय अर्को हप्ता मात्रै हुने भएको छ ।

सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि शुक्रबार सिंगापुर जाने र पाँच दिनपछि मात्रै फर्कने भएकाले पनि राज्य मन्त्रीको नियुक्ति पछि धकेलीने भएको हो ।

देउवा उपचारका लागि आज सिंगापुर जाने

कांग्रेस सभापति शेरबहादुर देउवा पेट सम्वन्धी रोगको फलोअप उपचारका लागि शुक्रबार सिंगापुर जाने भएका छन् ।

दुई बर्ष अघि सिंगापुरमै उपचार गरेका देउवा अघिल्लो बर्षनै फलोअप उपचारमा जानु पर्ने भएपनि पार्टीको महाधिवेशनका कारण जान पाएका थिएनन् ।
उनी शुक्रबार १२ः३० बजेको सिल्क एयरबाट पत्नी एवम् सांसद् आरजु राणाका साथ सिंगापुर जान लागेका हुन् । उपचार सकेर देउवा बुधबारमात्रै नेपाल फर्कने कार्यक्रम छ । देउवाको उपचारका क्रममा आरजुको पनि स्वासथ्य चेकअप हुने पारिवारी स्रोतले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.