कांग्रेसबाट १३ नयाँ मन्त्रीले सपथ लिए

कांग्रेसबाट १३ नयाँ मन्त्रीले सपथ लिए

काठमाडौं: नेपाली कांग्रेसका तर्फबाट मन्त्री चयन भएका १३ जनाले पथ तथा गोपनियताको सपथग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त १३ मन्त्रीलाई पद तथा गोपनियताको सपथ गराएकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शितलनिवासमा आज बिहान आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

यसरी पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरुमा अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शङ्कर भण्डारी, सीतादेवी यादव, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी, जीवनबहादुर शाही र सूर्यमान गुरुङ छन् ।

यसअघि नेकाका तर्फबाट उप्रधानमन्त्री तथा गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक सरकारमा सहभागी भइसकेका छन् ।

पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागि थिए ।

कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीहरु, प्रमुख निर्वाचन आयुक्त, तीनवटै सुरक्षा निकायमा प्रमुख, मुख्य सचिव डा सोमलाल सुवेदी र नेपाल सरकारका विशिष्ट अधिकृतहरुको पनि सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.