जगदम्बा सिमेन्टको नयाँ योजना

जगदम्बा सिमेन्टको नयाँ योजना

काठमाडौंः जगदम्बा सिमेन्ट इन्डस्टिज प्रालिले ‘जगदम्बा सिमेन्टको सौगात, खाली हुन्न हात’ दसैं तिहार उपभोक्ता योजना ल्याएको छ ।

उक्त योजनाअन्तर्गत उपभोक्ताले जगदम्बाका कुनै पनि उत्पादनको प्रत्येक ५० बोराको खरिदमा एउटा कुपन प्राप्त गर्नेछन् । त्यसलाई स्त्र्mयाच गरी मोटरसाइकल, आईफोन, आईप्याड, टीभी, फ्रिज, भ्याकुम क्लिनर, माइक्रो ओभन, राइस कुकर, घडी, फ्यान, आइरन तथा नगद पुरस्कारसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

योजनामा कसैको पनि हात खाली हुनेछैन । जगदम्बा सिमेन्टका अल्ट्रा प्रिमियम ओपिसी, फोर्स एफ टु आर ओपीसी, जगदम्बा गोल्ड, जगदम्बा एभरलास्ट, अल्ट्रा एक्टिभ, फोर्स, अल्ट्रा अल्टिमो, माउन्ट, शुभ श्री जगदम्बा एभरलास्टलगायतका ब्रान्ड बजारमा उपलब्ध छन् ।

गुणस्तरीय उत्पादनमा जोड दिँदै आएको कम्पनीले बिमालगायतका उपभोक्ता हितका कार्यक्रम ल्याउनुका साथै विभिन्न सामाजिक क्षेत्रमा हात बढाउँदै सामाजिक उत्तरदायित्व पनि निर्वाह गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.