अन्नपूर्ण पोस्ट् ३० औँ साताका ग्राहकलाई पुरस्कार
काठमाडौँ:‘जहाँ छ सपना, त्यहाँ हुन्छ अन्नपूर्ण पोष्ट’ नारासहितकको बार्षिक ग्राहाक योजना ‘अन्नपूर्ण पोष्ट ओएमजी’ प्रत्येक हप्ता ग्राहकलाई खुशी दिदै आएको छ ।
बार्षिक योजना अन्तर्गत ३० औँ साताका विजेता फ्लोरिकल्चर एशोसिएसन नेपाललाई शुक्रबार पुरस्कार प्रदान गरिएको छ ।
्विजयी ग्राहकलाई अन्नपूर्ण पोस्टको कार्यालयमा कार्यक्रम गरी पत्र पत्रिका वेबसाई मनोज हाडाले पुरस्कार प्रदान गरे । हरेक हप्ता अन्नपूर्णले बार्षिक ग्राहकलाई साप्ताहिक लक्की ड्र मार्फत् उपहार दिदैँ आएको छ ।
लक्की ड्रमा विजयी फ्लोरिकल्चर ऐशोसिएसन नेपालका प्रतिनिधिले होम ग्लोरिको होम एप्लाइन्सेस गिफ्ट ह्याम्परका रुपमा घरायसी सामान पाएका छन्।
‘‘पुरस्कार परेको दङ्ग छु, सपना हो कि बिपता जस्तो भो,’ विजेताले भने, ‘अहिलेसम्म मलाई कुनै पुरस्कार परेको थिएन् ।’
प्रभु बैंकको हत्तिगौडा शाखा त्यसैगरी, अन्नपूर्ण पोस्ट रि.न १०९३ ‘नपर्ने त कुरै छैन’ वार्षिक ग्राहक योजना अन्तर्गत ३१ औं साताका विजेता घोषित भएका छन् । लक्की ड्र मार्फत् विजेता घोषणा गरिएको हो ।
३ हजार ४ सय रुपैयाँ तिरेर अन्नपूर्णको बार्षिक ग्राहक बन्ने पाठकले विभिन्न उपहार पाउने गरेका छन् ।
बार्षिक ग्राहक बन्ने मध्येबाट एक जनाले लक्की ड्र मार्फत् साप्ताहिक रुपमा होम एप्लाइन्सेस गिफ्ट ह्याम्पर, मासिक रुपमा बजाजको प्लाटिना मोटरसाइकल र बार्षिक लक्की ड्रबाट एकजना भाग्यशाली विजेताले चितवन भरतपुरस्थित यज्ञपुरी कोलोनीमा बनेको अढाई तले बंगाला वा नगद १ करोड २५ लाख रुपैयाँ उपहार पाउनेछन् । बंगाला पूर्ण सजावटयुक्त छ ।
अन्नपूर्ण पोस्टका नयाँ मात्र नभई पुराना ग्राहकलेसमेत बार्षिक ग्राहक नविकरण गरेर यो अभियानमा सहभागी हुन पाउनेछन्। अर्धबार्षिक र त्रैमासिक रुपमा पत्रिकाको ग्राहक बन्ने पाठकले भने कुनै उपहार पाउने छैनन् । हाल देशभर ग्राहक योजना संचालन भइरहेको छ ।