‘संविधानलाई असफल बनाउने षडयन्त्रमा सरकार अाफै सामेल’

‘संविधानलाई असफल बनाउने षडयन्त्रमा सरकार अाफै सामेल’

काठमाडौंः प्रमुख प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको विशेष दूतका रुपमा दुई उपप्रधानमन्त्रीहरुलाई चीन र भारत भ्रमणमा पठाएको प्रति सरकारको चर्को आलोचना गरेका छन्।

आइतबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सांसदहरुले विशेष दूत पठाएको भन्दै सरकारको आलोचना गरेका हुन्।

संसद बैठकमा विशेष समयमा बोल्दै उपाध्यक्ष भीमबहादुर रावलले सामान्य अवस्थामा भारत र चीनमा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई विशेष दूतका रुपमा किन पठाएको भन्ने प्रश्न गरे।

रावलले भने,‘अहिले पहिलेको जस्तो असामान्य समय छैन। सामान्य अवस्थामा सरकारका उपप्रधानमन्त्रीहरुले दुवै छिमेकी मुलुकसँग कुरा गर्न सक्छन्। यस्तो अवस्थामा विशेष दूतका रुपमा मन्त्रीहरुलाई किन पठाएको हो यसबारेमा सदनलाई जानकारी दिनुपर्यो।’

यस्तै एमालेकै सांसद अग्नि खरेलले सरकार संविधान कार्यान्वयनको बाटोबाट भाग्न खोजेको आरोप लगाए। संविधानलाई सर्वस्वीकार्य बनाउने नाममा सरकारले संविधान कार्यान्वयनलाई असफल बनाउने तर्फ लैजान खोजेको भन्दै उनले सरकारको आलोचना गरे।

उनले भने,‘हिजो ९० प्रतिशत सांसदले हस्ताक्षर गरेर बनाएको संविधानलाई सर्वस्वीकार्यको नाममा संविधान कार्यान्वयन नगर्ने बाटोमा हिड्न खोज्दैछ। त्यो एमालेलाई स्वीकार्य हुँदैन।’

खरेलले नेकपा माओवादी केन्द्र सरकारमा रहेका बेला अघिल्लो सरकारले ल्याएको निर्वाचनको कार्यतालिका अनुरुप हिड्न वर्तमान सरकार तयार हो कि होइन भन्ने प्रश्न गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.