‘भाइ गगन मन्त्री बनेकोमा खुशी छु, तर प्रस्ताव तुहिएकोमा दुखित छु’

‘भाइ गगन मन्त्री बनेकोमा खुशी छु, तर प्रस्ताव तुहिएकोमा दुखित छु’

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद धनराज गुरुङले आफूहरुले संसदमा दर्ता गरेको सार्वजनिक महत्वको प्रस्ताव तुहिएको भन्दै दु:खी भएको बताएका छन्।

उनले फेसबुक र ट्वीटरमार्फत स्ट्याटस लेख्दै आफूहरुले संसदमा दर्ता गरेको सार्वजनिक महत्वको प्रस्ताव प्रस्तावक गगन थापानै स्वास्थ्य मन्त्री भएपछि तुहिएकाले आफू दुखित भएको उल्लेख गरेका छन्।

कांग्रेस युवा नेता गगन थापाको प्रस्तावक, सांसदद्वय धनराज गुरुङ र श्याम श्रेष्ठ समर्थक बसेर संयुक्तरुपमा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए। ‘गगन थापा प्रस्तावक, श्याम श्रेष्ठ र म समर्थक भएर संसदमा दर्ता राखेको सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक नै मन्त्री बनिसकेपछि अब उक्त प्रस्ताव संसदमा छलफल हुन नसक्ने भयो,’गुरुङले फेसबुक र ट्वीटरमा स्ट्याटस लेखेका छन्।

यस्तै सांसद गुरुङले गगन थापा मन्त्री भएकोमा आफू निकै खुसी भएको तर मुुुलुकमा व्याप्त बेथितिविरुद्धको प्रस्ताव तुहिएकोमा अत्यन्त दुःखित भएको बताएका छन्।

‘प्रिय भाइ गगन मन्त्री बनेकोमा म अत्यन्त खुशी छु, तर मुलुकमा व्याप्त बेथितिविरुद्धको प्रस्ताव तुहिएकोमा म अत्यन्त दुखित छु, ’उनले भनेका छन्।

शिक्षण अस्पतालका डाक्टर गोविन्द केसी अनशमा बसेका बेला थापाको अगुवाइमा तीन संसद मिलेर संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए। डा. केसीमा माग सम्बोधन गर्नु पर्ने उल्लेख गर्दै उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्तमाथि लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनु पर्नेलगायतका विषयमा संसदमा छलफल हुनु पर्ने उल्लेख गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.