प्रचण्डले अब ' गियर' चेन्ज गर्ने

प्रचण्डले अब  ' गियर' चेन्ज गर्ने

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारले गति लिने बताएका छन्।

नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका पदाधिकारी तथा प्रतिनिधिसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले भने, 'सरकारले पूर्णता पाएको छ, अब ‘गियर चेन्ज’ गर्नेतिर सोच्दैछु, सरकार रफ्तारमा अगाडि बढ्छ।' प्रधानमन्त्रीका उपस्वकीय सविच मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री प्रचण्डले अब कुनै प्रकारको अलमल र ढिलाइ नहुने बताए।

प्रचण्डले सर्वसाधारण जनताले प्रत्यक्ष राहत महसुस गर्ने र सुशासनको प्रत्याभूति हुने काममा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरेका छन्।

मुलुकको अर्थतन्त्र सङ्क्रमणमा रहेको र अहिले स्वदेशी उत्पादन अभिवृद्धिमा भन्दा पनि विदेशी उत्पादन ल्याएर बेच्ने प्रवृत्ति हाबी भएको तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै सङ्गठनले पूर्वाधार र उत्पादनशील क्षेत्रमा लगानीको वातावरण बनाउन आग्रह गरेको थियो।

सङ्गठनका अध्यक्ष श्याम पाठकका नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री समक्ष स्वाधीन अर्थतन्त्र निर्माण तथा व्यापार विविधीकरण गर्नुपर्ने मागसहितको १५ बुँदे ज्ञापन बुझाएको हो । बजेटमा व्यवस्था भएको पुँजीगत खर्च समयमै पूर्ण रुपमा खर्च गर्ने व्यवस्था गरिनुपर्ने, विदेश पलायन भइरहेको पुँजी राष्ट्रिय औद्योगिकीकरणमा लगानी गर्ने वातावरण बनाइनुपर्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहन दिइनुपर्ने लगायत माग सङ्गठनको छ ।

स्वदेशी उद्योगी तथा व्यवसायीलाई प्राथमिकता दिन र जलविद्युत् तथा अन्य उत्पादनशील क्षेत्रमा लगानीमैत्री बनाइदिन प्रधानमन्त्रीलाई आग्रह गरिएको सङ्गठनका सल्लाहकार कृष्णप्रसाद आचार्यले बताए।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री दाहालले मुलुकको समग्र अर्थतन्त्रको विकासका लागि सरकार कटिबद्ध रहेको जनाउँदै व्यवसायीले अघि सारेका जायज मागलाई सरकारले सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। दाहालले राष्ट्रिय अर्थतन्त्रको विकास सरकारको प्राथमिकता भएको र त्यसका लागि निजी क्षेत्रको सहयोग र साझेदारी आवश्यक रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.