प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघीय संयोजकबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघीय संयोजकबीच भेटवार्ता

काठमाडाैं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघीय आवासीय संयोजक तथा युएनडिपीका आवासीय प्रतिनिधि भलेरिया जुलिएण्डबीच भेटवार्ता भएको छ।

सोमबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा जुलिएण्डले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्याकाल सफलताको शुभकामना दिएका थिए। भेटमा जुलिएण्डले समसामयिक राजनीति र सरकारका योजनाबारे चासो राखेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगको प्रशंसा गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पपछिको पूनर्निर्माण, सुशासन र राहत, ठूला प्रोजेक्टहरुको सञ्चालन र समृद्धिको जग बसाल्न नयाँ सरकार क्रियाशील भएको जुलिएण्डलाई जानकारी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.