‘राष्ट्रियताका सवालमा लड्ने वा आत्मसमर्पण के गर्ने भन्ने विन्दुमा छौंं’

‘राष्ट्रियताका सवालमा लड्ने वा आत्मसमर्पण के गर्ने भन्ने विन्दुमा छौंं’

काठमाडौंः नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले अहिले देश बाह्य हस्तक्षेपको दलदलमा फसेकाले आफ्नो पार्टी राष्ट्रिय मुद्दामा निर्णायक विन्दुमा रहेको बताएका छन्।

विदेशीले सिधै आफै उपस्थित नभएर देशभित्रैबाट एजेन्ट खडा गरेर विकासोन्मुख मुलुकहरुमा शासनसत्ता चलाउँदै आइरहेको बताउँदै बादलले त्यस्ता एजेन्टहरुलाई परास्त गर्नुको विकल्प आफूहरुसँग नरहेको बताएका हुन्।

‘बहिर्गमित जनमुक्ति सेना र हाम्रो मुद्दा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सोमबार राजधानीको संवाद डबलीमा सम्बोधन गर्दै बादलले सरकारको नेतृत्व गरिरहँदा पनि माओवादी केन्द्रसामू राष्ट्रियताबारे लड्ने कि आत्मसमर्पण गर्ने? भन्ने विषय मुख्य चुनौति बनेर देखा परेको बताए।

उनले माओवादी केन्द्र सत्ताको नेतृत्वमा पुगेलगत्तै बाह्य शक्तिको स्वार्थमा राष्ट्रघाती सन्धिसम्झौताको चाङ लागेको बताए। ‘यो सबै राष्ट्रघाती, जनघाती परिस्थिति चिर्न सकिन्छ कि सकिँदैन? पार्टीसामू ठूलो चुनौति आएको छ,’ उनले भने।

अर्को प्रसंगमा नेता बादलले काठमाडौं–तराई फास्ट ट्रयाक, अपर कर्णाली र राष्ट्रिय सुरक्षामा विदेशी स्वार्थमा प्रस्तावहरु आइरहेको बताए।

बादलले भने,‘हाम्रो पार्टी राष्ट्रियता, जनअधिकार र जनजीविकाको मुद्दामा मनोगत र विचलित भएको कुरा साँचो हो। यी विषय जनताका शत्रु हुन्। यो अवस्था चिर्न पार्टीले सरकारको नेतृत्व गरेको हो। कसैले भर्याङ हालिदिएर पुगेको होइन।’

उनले जनयुद्धमा तत्कालीन शाही सेनालाई चुनौति दिँदै राजतन्त्र हटाउन सफल थुप्रै जनमुक्ति सेनालाई अयोग्यको संज्ञा दिएर समायोजनबाट बाहिर पठाएर राज्यले अपराध गरेको बताए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.