एमयुमा नेविसंघले जित्यो स्ववियु

एमयुमा नेविसंघले जित्यो स्ववियु

सुर्खेतः मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वर्चश्व कायम गरेको छ । १० पदका लागि भएको निर्वाचनमा नेविसंघले अध्यक्षसहित नौ पदमा जीत हात पारेको हो । सोमवार राती घोषणा गरिएको मत परिणाम अनुसार एक पदमा भने एमाले निकट अनेरास्ववियुले जितेको छ ।

नेपाल विद्यार्थी संघका झक्कबहादुर शाही स्ववियु अध्यक्षमा विजयी भएका छन् । सुर्खेतमा रहेको केन्द्रीय क्याम्पसमा आइतवार भएको निर्वाचनको मत परिणाम अनुसार शाहीले पाँच सय चार मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । शाहीले नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पदका उम्मेदवार राजेन्द्र बुढालाई ४० मतको अन्तरले जितेका हुन् । बुढाले चार सय ६४ र अनेरास्ववियुका प्रभात पोखरेलले तीन सय ९२ मत प्राप्त गरेका छन् ।
निर्वाचन समितका अनुसार स्ववियु सचिवमा अनेरास्ववियुका भरतबहादुर शाही विजयी भएका छन् । उनले पाँच सय ३३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेविसंघका सन्तोष उपाध्यायले चार सय ७६ मत ल्याएका छन् । निर्वाचनमा १० पदका लागि ६९ जनाको उमेद्वारी परेको थियो ।

यस्तै स्ववियुको कोषाध्यक्षमा नेविसंघका शुसिल भट्राई पाँच सय ६२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकट्तम प्रतिद्धन्दी अनेरास्ववियुका अनु आँकुराले चार सय २० मत प्राप्त गरेकी छन् । मिश्रित निर्वाचन प्रणाली अनुसार भएको निर्वाचनमा उपाध्यक्ष, सहसचिव र केही सदस्यहरु समानुपातिक प्रणाली अनुसार विद्यार्थी संगठनले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुनेछन् ।

देशकै पूरानो र ठूलो त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा लामो समयदेखि चुनाव हुन नसकिरहेको बेला मध्यपश्चिम विश्वविद्यालयमा भने निर्वाचन सम्पन्न भएको हो । स्ववियुको नेतृत्व हत्याउनका लागि विभिन्न आठ वटा विद्यार्थी संगठनहरुले निर्वाचनमा भाग लिएका थिए ।

अध्यक्ष, सचिव र कोषाध्यक्षसहित सात जना सदस्य प्रत्यक्ष निर्वाचनबाट छनौट भएका छन् । यस्तै सदस्यहरुमा नेविसंघका वर्षा केसी, निशान्त खत्री, दिपकराज विसी, हरिवहादुर थापा, पुरुषेतम जैसी, विश्वराज भट्राई र धिरेन्द्र हमाल विजयी भएका छन् ।

निर्वाचन समितिका अनुसार अब समानुपातिक तर्पबाट नेविसंघले तीन, अनेरास्ववियु र अखिल क्रान्तिकारीले समान दुई–दुई जना सदस्य पाउने छन् । यसैबीच निर्वाचनमा संस्थागत धाँधली भएको भन्दै विभिन्न पाँच विद्यार्थी संगठनले मतगणना र मतपरिणाम वहिस्कार गरेका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैठौं, नेक्राविसंघ र राप्रविसंघका अध्यक्ष पदका उम्मेदवारहरुले सोमवार मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेको भन्दै वहिस्कार गरेका हुन् । उनीहरुले फर्जी मतको छानबीन गर्न माग गरे पनि निर्वाचन समितिले मध्य रातमा नतिजा घोषणा गरेको हो ।

विश्वविद्यालयमा क्रियाशील विद्यार्थी संगठनहरुबीच भएको प्रतिस्पर्धाले जिल्लाकै राजनीति तातेको थियो । जिल्लास्थित सबै राजनीतिक दलहरुले आफू निकट विद्यार्थी संगठनका उमेद्वारहरुलाई जिताउनका लागि निकै कसरत गरेका थिए ।

विद्यार्थी संगठनका केन्द्रीय नेतृत्व पनि सुर्खेतमा केन्द्रीत भएको थियो । स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उमेद्वारबीच मुख्य प्रतिस्पर्धा भएको छ । विश्वविद्यालयमा एक हजार ६ सय ९३ जना विद्यार्थी रहेकोमा एक हजार चार सय ८० मत खसेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.