ग्लोबल आईएमई र अरुण इन्टरकन्टिनेन्टलबीच सम्झौता

ग्लोबल आईएमई र अरुण इन्टरकन्टिनेन्टलबीच सम्झौता

 काठमाडौंः ग्लोबल आईएमई बैंक र अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सबीच सम्झौता भएको छ ।

अरुणका ग्राहकलाई सहजै अटो लोन प्रवाह गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट मुख्य प्रबन्धक सुरेन्द्रराज रेग्मी र अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सको तर्फबाट महाप्रबन्धक मनिषकुमार जैनले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स र त्यसअन्र्तगतका अन्य कम्पनीबाट खरिद गरेका सुजुकी ब्रान्डका गाडीमा ग्लोबल आईएमई बैंकले आकर्षक ब्याजदरमा बढीमा सात वर्षका लागि ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने जनाएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले ९१ वटा शाखा, ६ वटा एक्सटेन्सन काउण्टर, एक सय दुई एटीएम र ४२ वटा शाखारहित बैंकिङ सञ्जालमार्फत सेवा दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.