तीजको दर खाँदै हुनुहुन्छ, यी कुरामा ध्यान दिनुस्

 तीजको दर खाँदै हुनुहुन्छ, यी कुरामा ध्यान दिनुस्

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन दर खाने प्रचलन छ। व्रत बस्नु अघिल्लो दिन घरमा टन्न दर खाने र भोलिपल्ट तीजको व्रत बस्ने गर्छन् नेपाली महिलाहरु।

सडकदेखि सदनसम्मका महिलाहरु तीजको रमझममै व्यस्त छन्। राता सारीमा सजिएका महिलाहरुको जमघट यतिवेला हरेक घर तथा पार्टी प्यालेसमा देख्न पाइन्छ। वर्ष दिनमा एक पटक आउने तीजमा रमाउने महिलाहरु खानपिनमा भने त्यत्ति ध्यान नदिएको देखिन्छ। खानपिनमा ध्यान नदिँदा स्वास्थ्यमा नराम्रो असर पार्ने गर्दछ। चाडवाडमा खानपिनलाई ध्यान दिनु आवश्यक छ।

दर खाँदा स्वास्थ्यको ख्याल गरौं

रोग भएकाले बार्ने कुरा त्यसै पनि बार्नु पर्ने हुन्छ। लिवर, डाइबेटिज, चिनी लगायत विभिन्न रोग लागेका र निरोगीहरुले पनि खानै नहुने कुरा भनेको धेरै चिल्लो पिरो, फ्राइ गरेको खानेकुरा, विषेशगरी रातो मासु खानु स्वास्थ्यका हिसाबले राम्रो होइन।

रक्सी, चुरोट आदिको सेवन गर्नु हुँदैन। दम रोग लागेकाले धेरै चिसो खान हुँदैन, डाइवेटिज भएकाले गुलियो, हाइवोटेन्सन भएकाले भुटेको फ्राइ गरेको अमल चिज बाहेक खानु हुँदैन। धेरैले तीजको समयमा विभिन्न भोज भतेरमा बस्ने, पानी कम खाने, गर्दछन् जसले गर्दा झाडापखाला लाग्न सक्छ।

दर भनेपछि चिल्लो, पिरो र मसलेदार हुनुपर्छ भन्ने मान्यता हाम्रो नेपाली समाजमा बसिसकेको छ। दर खाने भनेको महिलाहरुको जमघट गराउने एउटा माहोल हो। त्यसैले यस्तो संस्कारलाई स्वास्थ्यका हिसाबले पनि हेर्न आवश्यक हुन्छ। हाम्रै करेसाबारीमा उत्पादित घरमै बनाएको सामान्य नेपाली खाना नै दर हो भन्ने मान्यता हामीले लिनु पर्दछ।

तर, आजकाल पारम्परिक खानेकुराभन्दा पनि बाहिरी संस्कृतिसँग जोडिएका खानेकुरा प्राथमिकतामा पर्दै आएका छन्। त्यस्ता खाने कुराको गुणस्तरमा विश्वसनीयता हुँदैन त्यसैले स्वास्थ्यमा समस्या देखिन सक्छ।

औषधि सेवन गरिरहेका व्रत नबस्नुस्

हामी आफ्नै रहर वा कतिपयले अर्काको देखासिखी गरेर पनि व्रत लिने गछौं। तर त्यो राम्रो पक्ष होइन। सक्दै नसक्नेले व्रत नलिनु नै राम्रो। औषधि सेवन गरिरहेका महिलाहरुले पनि स्वास्थ्यको ख्याल नगरी व्रत बस्ने गर्छन्। त्यसो हुँदा विभिन्न किसिमका समस्या देखा पर्नसक्छन्। उनीहरुले केही नखाइ इन्सुलिन मात्रै लिने गर्दा रोगीहरुलाई झन् बढि सताउने गर्दछ। औंषधि समयमा नखाँदा त्यसले शरीरलाई हानी गरिरहेको हुन्छ।

पानी र फलफुल खानु राम्रो

तीजमा निराहार व्रत बस्ने चलन छ। त्यो स्वास्थ्यका हिसावले राम्रो होइन। वर्त बस्दा पानी र फलफुल खाए राम्रो हुन्छ। हामी चिकित्सकहरु सबैलाई के आग्रह गर्दछौं भने तपाईहरु पहिलो कुरा आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुस्। ताकि पानी र फलफुल खादा शरीरलाई राम्रो गर्दछ।

खालि पेटका कारण जे खाएपनि शरीरमा असर गर्ने हुँदा खादा ध्यानपूर्वक खानु पर्दछ। फलफुल खाँदा पखालेर मात्रै खाने, सकेसम्म ताजा फलफुल खाने, पानी सफा खाने, चिल्लो, भुटेको, मसला बढी भएको खानेकुरा नखानु उत्तम हुन्छ।

होममेड खानु स्वास्थ्यका लागि उत्तम

सहरमा बनेका हरेक खानामा मिसावट हुन्छ। त्यसैले स्वास्थ्यका लागि हितकर हुने दर घरमै बनाएर खानु राम्रो हुन्छ। लामो समयसम्म नियमित मसलेदार खानेकुरा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ।

तडक भडकका रुपमा यस्ता खानेकुरा सेवन गर्दा शरीरले नै नसहने गम्भीर समस्याहरू पनि आउन सक्छन्। सहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा शारीरिक परिश्रम पनि नहुने हुँदा मसलेदार खानाले पाचनक्रियामा समस्या निम्तिन्छ। यस्तो अवस्थामा रक्तचाप असन्तुलित हुन्छ। त्यसैले भरसक संयमता अपनाएर सादा खानपान नै उपयुक्त हुन्छ।

नियमित रूपमा अत्यधिक गुलियो, अमिलो, पिरो, चिल्लो खाना खाँदा ग्यास्ट्रिक हुने, कोलेस्टोल बढ्ने, हृदयघातको सम्भावना बढ्ने, कब्जियत हुने जस्ता जटिलता आउन सक्छन्।

माछा मासुभन्दा फलफुलमा खानु राम्रो

माछा मासुभन्दा पनि फलफुलमा जोड गर्नुहोस्। मसलेदार खानपानभन्दा सलादमा मन लगाउनु राम्रो हो। चिल्लो, पिरो कम भएको गेडागुडी खानुहोस्। यस्तो खानाले रमाइलो पनि घटाउँदैन स्वास्थ्य पनि बिगार्दैन्। चाडबाडमा देखिने ठूलो समस्या भनेको चिल्लो, पिरो तथा माछामासु बढी खाने गरिन्छ। तर यो बानी हटाउनुपर्छ। थोरै–थोरै गरेर पटक–पटक खानु राम्रो हुन्छ।

(शाक्य काठमाडौं मेडिकल कलेज सिनामंगलमा कार्यरत छन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.