‘मधेसवादी दलका माग सम्बोधन गर्नुपर्छ’

‘मधेसवादी दलका माग सम्बोधन गर्नुपर्छ’

काठमाडाैं: नेपाली कांग्रेस केन्द्रीय सदसस्य नेता प्रकाशमान सिंहले मधेसवादी दलका माग सम्बोधन गर्न सवै दलहरु तयार रहनु पर्ने बताएका छन्। नतिजामा केही नदेखिने भाषणमात्र गरेर नहुने भन्दै नेता सिंहले मुलुकले निकास पाउने गरी असन्तुष्ट मधेसवादी दलहरुका माग सम्बोधन गर्न संविधान संशोधन गर्न पनि तयार हुनु पर्ने बताएका हुन्।

नेपाल तरुण दल काठमाडौंको चाैथाे जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले मधेसवादी दलका माग सम्बोधन नभएसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्ने भएकाले तत्काल सरकारले त्यसतर्फ आफ्नो ध्यान केन्द्रीत गर्नु पर्ने बताए। स्थानीय तहको सीमाकंनको टुंगो लगाएर अघि बढ्न नसके निर्वाचनको वातावरण बन्न नसक्ने भएकाले राजनीतिक दलहरुबीच सहमति जरुरी रहेको सिंहको भनाइ छ।

ठूलो दलको हैसियत कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक सहमति जुटाउन अग्रसरता लिनु पर्ने वताए। उनले संविधान कार्यान्वयनका लागि सवै दललार्इ सहमतिमा ल्याउन पहल गर्नु पर्ने बताए।  सिंहले पार्टीभित्र कुरा एउटा गर्ने व्यवहारमा काम अर्को गर्ने वाणीको विकास भएकले विश्वासनियतामाथि प्रश्न चिन्ह खडा भएको बताए। उनले बोली र व्यवहारमा यकरुपता ल्याउन समेत कार्यकर्ताहरुलाई निर्देशन दिए।

कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँणले मुलुकको समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको बताए। फरक प्रसंगमा नेता खाँणले तरुण दलको अधिबेशनमा अध्यक्षबाहेक सबै सदस्यहरुलाई चुनाव लड्न दिनु पर्ने पक्षमा आफू रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.