दैलेखको सीमाङ्कन टुङ्गियो !

दैलेखको सीमाङ्कन टुङ्गियो !

दैलेख: स्थानीय तह पुनःसंरचनाअन्तर्गत दैलेख जिल्लाको सीमाङ्कन कार्य टुङ्गिएको छ।लामो छलफल र बहसपछि जिल्लामा पाँचवटा नगरपालिका र तीनवटा गाउँपालिका गठन गर्नेगरी सर्वसम्मत रुपमा टुङ्गाइएको बुझिएको छ।

निर्वाचन क्षेत्र नम्बर २ मा तीनवटा नगरपालिका साथै क्षेत्र नं १ मा दुईवटा नगरपालिका र तीनवटा गाउँपालिका रहने गरी जिल्लास्थित सर्वदलीय बैठकले टुङ्गो लगाएको हो।जिल्लाका सबै क्षेत्रबाट आएका सुझावसँगै हेरफेरसहित सीमाङ्कन गरिएको साथै साविक नारायण र दुल्लुसँगै राकम कर्णाली, देवलोक, रानीमत्ता गरी पाँचवटा नगरपालिका र ज्वाला, वेस्तडा र नौमुले गरी तीनवटा गाउँपालिका प्रस्ताव पेस गरिएको छ।

सदरमुकामको नगरपालिकालाई ४५ हजार र अन्य नगरपालिकालाई ३५ हजार जनसङ्ख्या हुनुपर्ने निर्देशिकामा उल्लेख भएअनुसार नगरपालिको र गाउँपालिकाको हकमा २५ हजार जनसङ्ख्या पुग्ने गरी प्रस्ताव गरिएको जिल्लास्थित सर्वदलीय समितिका प्रतिनिधिहरुले जानकारी दिएका छन्।

दैलेख जिल्लामा प्रस्ताव गरिएका नगरपालिका र गाउँपालिकाको केन्द्रविन्दु पनि सर्वदलीय बैठकले तोकेको छ।नगरपालिकाको हकमा राकमकर्णालीको तिलेपाटाको शीतलचौर, देवलोकको चामुण्डाको देउराली र रानीमत्ताको घोडावासलाई केन्द्रविन्दु मानिएको छ ।त्यसैगरी गाउँपालिकाको हकमा ज्वालाको छिउडीबजार, नौमुलेको नौमुले बजार र वेस्तडाको विक्रमचौर तोकिएको छ।

पुराना नारायण र दुल्लु गाविसको केन्द्रविन्दु साविक नै मानिएको साथै नारायण नगरपालिकासँग इलाका नं २ र वेलपाटा गाविसलाई समाहित गरिएको छ भने दुल्लु नगरपालिकामा इलाका नं .८ र इलाका नं. ७ का नाउलेकटुवाल र छिउडीपुसाकोट गाविसको आधा भूभाग समेटिएको स्रोतले जनाएको छ।

रानीमत्ता नगरपालिकामा साविकको इलाका नं ५ र ६ साथै देवलोक नगरपालिकामा साविकको इलाका नं ९ समेटिएको छ भने राकमकर्णाली गाविसमा इलाका नं १० र ११ का सातवटा गाविस समेटिएको स्रोतबाट बुझिएको छ।

गाउँपालिकाको हकमा वेस्तडामा इलाका नं .४ का सात गाविस, नौमुलेमा इलाका नं ३ का सातवटा गाविस र ज्वालामा इलाका नं ७ का गमौडी, कालभैरव, गौरी, मालिका र छिउडीपुसाकोट गाविसको आधा भूभाग समेटिएको बुझिएको छ। जनजाति समुदायको बाहुल्यता रहेको नौमुले गाउँपालिकालाई विशेष संरक्षित गाउँपालिकाका रुपमा सिफारिस गरिने तयारी गरिएको जिविस स्रोतको भनाइ रहेको छ।

सीमाङ्कनका विषयमा नारायण, दुल्लु र देवलोक नगरपालिकाका वडा विभाजनमा सामान्य विवाद भएको बुझिएको छ। जिल्लाको सीमाङ्कनका सन्दर्भमा राष्टिय जनमोर्चाले सङ्घीयताको विषयमा फरक मत भएको भन्दै सहभागी नभएको जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.