बालबालिकामा बचत बानी बसाल्ने मेगा बैंकको योजना

 बालबालिकामा बचत बानी बसाल्ने मेगा बैंकको योजना

काठमाडौंः मेगा बैंकले ‘नानीमा लागेको बानीः आज बचाऊँ जिन्दगीभर रमाऊँ’ अभियान सुरु गरेको छ । स्कुल पढ्ने सानै उमेरदेखिका बालबालिकालाई बचत संस्कृति विकास गर्ने उद्देश्यले बैंकले यस्तो योजना ल्याएको हो ।

बै‌‌‌कले सोमबार राजधानीमा विशेष कार्यक्रम आयोजना गरी यो योजना सार्वजनिक गरेको हो । बैंकले यस अभियानका लागि राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र अभिनेत्री प्रियंका कार्कीलाई ‘मेगा सेभिङ स्टार’ का रूरुपमा नियुक्त गरेको छ ।

बैंकका प्रमुख कार्यकारी निर्देशक अनिलकेशरी शाहले देशमा बचत गर्ने प्रचलन एकदमै कम रहेको अवस्थामा देशको विकासका लागि बचतको स्तर वृद्धि गर्नुपर्ने बताउँदै बैंकले यस्तो अभियन सञ्चालनमा ल्याएको जनाएका छन् । स्कुले विद्यार्थीलाई लक्षित गरी ल्याइएको यो अभियानमा शून्य मौज्दातमा खाता खोल्न सकिनेछ ।

समाजका सबै तहमा बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्यलाई ध्यानमा राखी मेगा बैंकले यो अभियान ल्याएको शाहले बताए । उनले मेगा बैंकले वित्तीय समावेशितालाई आफ्नो मुख्य लक्ष्य बनाउँदै आएको र वित्तीय समावेशिताको पहिलो खुड्किला खाता खोल्दादेखि नै सुरु हुने बताए ।

सानो उमेरदेखि नै बचत गर्ने बानी विकास भएमा जिन्दगीभर त्यो बानी रहिरहने भएकाले नेपालमा यस्तो अभियानको आवश्यकता रहेको उनको भनाइ थियो ।
यो अभियानको मुख्य उद्देश्य देशभरका स्कुल र कलेजका विद्यार्थीमाझ पुगेर बैंकिङ बानीको प्रोत्साहन गर्दै ‘मेगा सम्बन्ध’ स्थापना गर्ने रहेको बैंकले जनाएको छ । ‘हामीमा अरूले रोपेको रूखबाट फल टिप्ने प्रचलन छ ।

तर, मेगा बैंकले नानीमा लागेको बानीः आज बचाऊँ जिन्दगीभरि रमाऊँ अभियान सुरु गरेर आजबाटै युवा विद्यार्थीमा बचत गर्ने बानीको बीउ रोप्न चाहेकोे हो’, शाहले भने । यस बचत योजनामा ग्राहकले चार प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ ।

कार्यक्रममा क्रिकेटर पारस खड्काले आफ्नो समयमा यस्ता खालका बचत अभियान नभएकाले बचत गर्ने बानी विकासका लागि धेरै समय लागेको बताए । उनले यो अभियनमा सहभागी हुन पाउँदा हर्षित भएको उल्लेख गरेका छन् ।

त्यस्तै अभिनेत्री कार्कीले मेगा बैंकको अभियानलाई साथ दिन पाएकोमा खुसी लागेको बताउँदै बचत गर्ने बानी विकासका लागि बालबालिकामाझ पुग्न पाउनु खुसीको विषय भएको बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.