कुपन्डोलमा एभरेस्ट बैंकको एटीएम

कुपन्डोलमा एभरेस्ट बैंकको एटीएम

काठमाडौंः एभरेस्ट बैंक लिमिटेडले गुरुद्वारा कुपन्डोलमा आफ्नो ८६ औं एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

ललितपुर क्षेत्रका ग्राहक तथा सर्वसाधारणलाई सर्वसुलभ बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ बैंकले एटीएम सञ्चालनमा ल्याएको हो । एटीएमको उद्घाटन गुरुद्वारा गुरुनानक सतसंघका अध्यक्ष प्रितम सिंह तथा एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रूपमा गरेका छन् ।

एभरेस्ट बैंकले हाल आफ्ना ६१ शाखा, पाँच एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८६ एटीएम तथा बृहत् बाह्य सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले एसियन पेन्टस ‘न्युबिज बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३’ का साथै आर्थिक वर्ष २०६८/६९ मा वाणिज्य बैंकमध्येमा सर्वाधिक करदाताको सम्मान प्राप्त गरेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.