यती बैंकको हकप्रद सेयर निष्काशन सम्झौता
काठमाडौः यती डेभलपमेन्ट बैंक लिमिटेड दुई कित्ता सेयर बराबर एक कित्ता अर्थात चुक्तापुँजीको ५० प्रतिशतले हुन आउने ६९ लाख ३१ हजार एक सय ६६ कित्ता हकप्रद सेयर निष्काशन गर्न एनसीएम मर्चेन्ट बैंकिङसँग सम्झौता भएको छ ।
बैंकले एनसीएमलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतामा बैंकका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र एनसीएमका तर्फबाट प्रबन्ध सञ्चालक बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
हकप्रद सेयर निष्काशन पश्चात बैंकको जारी तथा चुक्ता पुँजी दुई अर्ब सात करोड ९३ लाख ५० हजार कायम हुने बैंकले जनाएको छ ।