गोङ्गबुमा बाजेको सेकुवाको नयाँ शाखा

गोङ्गबुमा बाजेको सेकुवाको नयाँ शाखा

काठमाडौँ: बाजेको सेकुवाकाले गोङ्गबुमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।

यो सँगै गोङ्गबुमा एरियाका बाजेको सेकुवाका पारखीले सहज रुपमा लोकप्रिय सेकुवा, नेपाली खाना सेटलगायत विविध नेपाली खाजा तथा खानाको स्वाद लिनपाउने भएका छन् । फ्रान्चाईज मोडलमा आधारित यो गोङ्गबु शाखा, बाजेको सेकुवाको काठमाडौँ उपत्यकाको चौँथो फ्रान्चाईज रहेको बाजेको सेकुवाले जनाएको छ ।

बाजेको सेकुवाले कियोस्क मोडेलको शाखा ललितपुरको लाबिम मलमा गत वैशाखदेखी सञ्चालनमा ल्याएको थियो । बाजेको सेकुवाका फ्रान्चाईज बाजेको भेन्चर नामक कम्पनीको व्यवस्थापन अन्र्तगत सञ्चालन हुँदै आएको छ ।

बाजेको भेन्चरका अध्यक्ष चेतन भण्डारीले भने, ‘नेपाली घरेलु कम्पनीले फ्रान्चाईज मोडलमा देशभरी शाखा विस्तार गरेको सम्भवतः यो पहिला हो ।’

बाजेको भेन्चरका कार्यकारी निर्देशक सुशील खड्काले बाजेको सेकुवाको लोकप्रियता सँगै शाखा विस्तार सहज बन्दै गएको बताएका छन् ।  ‘मौलिक खाना र सेवाका स्ट्यान्डर्ड अपरेटिङ् विधि तथा गुणस्तर, स्वच्छता र एकरुपताका मापकको प्रयोगले आउँदा दिनमा बाजेको सेकुवाको फ्रान्चाईज बिस्तार अझ सहज हुने विश्वास लिएका छौँ,’ निर्देशक खड्काले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.