सनराइज बैंकद्वारा अभिमुखीकरण कार्यक्रम

सनराइज बैंकद्वारा अभिमुखीकरण कार्यक्रम

काठमाडौः सनराइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीतिसम्बन्धी तेस्रो अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । बैंकको तीनकुने, शंखमूल र शंखमूल–२ गरी तीन वटा शाखाले संयुक्तरूपमा कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन बैंकका सहायक महाप्रबन्धक रबिनकुमार नेपालले गरेको बैंकले जनाएको छ । यस कार्यक्रमले परम्परागतरूपमा प्रदान गर्दै आएका वित्तीय सेवामा मात्र सीमित नरहेर आधुनिक सूचना प्रविधिको विकास सँगसँगै व्यवसाय सञ्चालममा पर्न सक्ने समस्या र व्यवसाय सञ्चालन पूर्वअपनाउनुपर्ने सामान्य विधिको पनि जानकारी गराइएको थियो ।

‘हामी सँगसँगै’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस बैंकले आफ्ना ग्राहकलाई आधारभूत कर तथा लेखानीति सम्बन्धी जानकारी दिने उद्देश्यले विभिन्न क्रियाकलापको गर्दै आएको छ ।

साथै भविश्यमा अझ नयाँ र ससक्त कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिबद्घता जनाएको छ । कार्यक्रममा बैंकले नेपालको कर तथा लेखा क्षेत्रमा अनुभवी चार्टड एकाउन्टेन्ट सुर्दशन राज पाण्डेलाई स्रोत व्यक्तिका रूपमा प्रस्तुत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.