नमो हारतीको रक्तदान कार्यक्रम
![नमो हारतीको रक्तदान कार्यक्रम](https://annapurnapost.prixacdn.net/media/albums/Namo-harti-finance-57d6401bd43415.67134548_0odQFirYNt.jpg)
काठमाडौं: नमो हारती बचत तथा ऋण सहकारी संस्था र रोटरी क्लब अफ काठमाडौं वेस्टले संयुक्त रूपमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमका साथै बृहत् रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।
सो अवसरमा नौ सयजनाले निःशुल्क स्वास्थ्य जाँच गराएका थिए । हाडजोर्नी, दाँत, आँखा, प्रसूति, थेरापीलगायतको स्वास्थ्य परीक्षण गरिएको संस्थाले जनाएको छ ।
रक्तदान कार्यक्रममा एक सय ४० जनाले रक्तदान गरेको क्लबका पूर्वअध्यक्ष किरणकृष्ण जोशीले जानकारी गराए । उक्त अवसरमा कालीमाटी, सोल्टीमोड क्षेत्रमा सरसफाइसमेत गरिको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)