क्यान मेलामा उत्साहपूर्ण सहभागिता
![क्यान मेलामा उत्साहपूर्ण सहभागिता](https://annapurnapost.prixacdn.net/media/albums/CAN-mela-57d642247067e6.08386651_mbuO6U5gGR.jpg)
काठमाडौं: सुबिसु क्यान कमटेक प्रदर्शनी एक लाख ७० हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गरेका छन् । बिहीबार सुरु भएको मेला आइतबार सकिएको छ ।
छुटैछुटको मेलाका रूपमा रेहको कमटेकमा सहभागी कम्पनीले ग्राहकलाई आकर्षण गर्न विभिन्न छुट योजनासमेत ल्याएका थिए । मेलामा आकर्षक अफर पनि देखिएका थिए । सुबिसुको प्रमुख प्रायेजनमा आयोजित मेलामा स्पोन्सरका रूपमा सामसुङ रहेको थियो । मेलामार्फत नेपालको प्रविधिका क्षेत्रमा नयाँनयाँ प्रोडक्ट पनि सार्वजनिक भएको छ ।
मेलामा सामसुङले आफ्नो जे सिरिजमा प्रिमियम जे ५ र जे ७ सार्वजनिक गरेको थियो । अलोकाकोकजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन पनि मेलामा देखिएका थिए । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले कमटेकमार्फत नेपाली बजारमा आईपी टीभी सार्वजनिक गरेका छन् भने स्मार्टफोन, ल्यापटप, ट्याबलेट, एन्टिभाइरस र इन्टरनेट सेक्युरिटी, प्रोजेक्टर, भिक्लाउड प्वाइन्ट, क्यामेरा, पीबीएक्स सिस्टम, वायरलेस हाइ पावर यूएसबी, एडप्टर तथा राउटर, यूपीएस, जीपीएस भेहिकल ट्रयाकिङ सिस्टम, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानरलगायतका नयाँनयाँ भर्सन नेपाली बजारमा प्रवेश गरेका छन् ।
सूचना प्रविधिलाई प्राथमिकतामा राखेर आयोजित मेलामा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, इलेक्ट्रोनिक्स सेक्युरिटी तथा सेफ्टी एन्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस, पेमेन्ट सोलुसन्सलगायत विभिन्न गरी एक सय स्टल थिए ।
मेलाको सफलताका सँगै क्यान महासंघले बर्सेनि आयोजना गर्दै आएको क्यान इन्फोटेक र क्यान सफ्टटेकलाई परिमार्जन गरी यस वर्ष सफ्टटेक समिट आयोजना गर्नेसमेत जनाएको छ । ग्रामीणस्तरसम्म सूचना प्रविधिको विकास र विस्तारका लागि असोज १४ देखि १८ गतेसम्म क्यान महासंघ जिल्ला शाखा कैलालीमा क्यान इन्फोटेक मेला आयोजना गर्ने समेत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)