करिनाको छोरी जन्माउने चाहना

करिनाको छोरी जन्माउने चाहना

मुम्बई: बलिउड अभिनेत्री करिना कपुर गर्भवती भएदेखि सन्तानको विषयमा सोधिने प्रश्नबाट हैरान भइरहेकी छन् । भारतमा आयोजना हुन लागेको 'ग्लोबल सिटिजन मुभमेन्ट इन इन्डिया' लाई समर्थन दिन त्यहाँ पुगेकी करिनाले आफू छोरी भएकाले छोरी नै जन्माउने चाहना भएको बताइन् ।

अहिले जहाँ पुगे पनि उनलाई एउटै प्रश्न तेर्सिन्छ, 'छोरा या छोरी ? ' उनलाई मात्र नभई उनका श्रीमान् सैफअली खानलाई पनि यही प्रश्नले पिरोल्ने गर्छ । यसबाट उनलाई आफ्नो व्यक्तिगत जीवनमा दक्खल दिएकोजस्तो समेत भान हुने गरेको छ । उनी पटकपटक उत्तर दिइरहन्छिन्, 'छोरा या छोरी जे भए पनि यसले के फरक पार्छ र ? '

आफू छोरी भएर पनि आफ्ना आमाबुबाको लागि छोराले भन्दा बढी काम गर्न सकेकोमा गर्व गर्दै उनले छोरी जन्माउने इच्छा व्यक्त गरेकी हुन् । 'ग्लोबल सिटिजन फेस्टिभल इन्डिया' को उद्घाटन मुम्बईमा १९ नोभेम्बरमा हुनेछ ।

यस फेस्टिभलमा रक ब्यान्ड 'कोल्ड प्ले' र जे जेड, अभिनेता आमिर खान, रणवीर सिंह, कटरिना कैफ, अर्जुन कपुर, दिया मिर्जा, मोनाली ठाकुरलगायतका कलाकार सहभागी हुनेछन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.