सलमान कटरिना दाजुबहिनी !

सलमान कटरिना दाजुबहिनी !

कटरिना कैफले बलिउडमा स्थापित बन्न नायक सलमान खानको सहारा लिएकी छन् । पछिल्लो समय कटरिनाका चलचित्र खासै चलेका छैनन् । गत वर्ष यशराज ब्यानरमा बनेको सलमानको 'एक था टाइगर' हिट बनेको थियो । यसैको सिक्वेल 'टाइगर जिन्दा है' बन्ने भएको छ । सोही चलचित्रको मुख्य भूमिकामा कटरिना हुने भएकी छन् ।

बलिउड गसिपअनुसार कटरिना पुनः बलिउडमा जम्नका लागि सलमानसँग लबिङ गरिरहेकी छन् । यसैको परिणामस्वरूप कटरिनाले 'टाइगर जिन्दा है'मा काम गर्न पाउने भएकी हुन् । चलचित्रमा कटरिना सलमानको बहिनीको भूमिकामा देखिने भएकी हुन् ।

कटरिनाको नायक रणवीर कपुरसँग ब्रेकअप भएपछि करिअर बिग्रिएको हो । उनको यति बेला बलिउडमा प्रभाव शून्यजस्तै छ । यसै वर्षमात्र कटरिनाका दुईवटा चलचित्र फ्लप भएका थिए । उनका 'फितुर' र 'बार बार देखो'ले बजार पिट्न नसकेका हुन् । उनका ब्वायफ्रेन्ड रणवीर कपुरसँगको चलचित्र 'जग्गा जासुस' अर्को वर्ष रिलिज हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.