दलित जात होइन सीप हो

 दलित जात होइन सीप हो

चन्दननाथ माविमा कक्षा ६ मा अध्ययनरत थिएँ । दलित परिवार त्यसमा पनि विद्यार्थी भएको कारणले कहिल्यै पनि हुँदैन थियो । एक दिन बुवासँग अत्यन्तै अनुरोध गरेँ । बुवाले दुई रुपैया“ दिनु भयो । यो झन्डै २५ वर्षअघिको कुरा हो । भोकले सतायो र साथमा दुई रुपैयाँ भएको कारण चिया पसलमा छिरेँ । समोसा खाएँ । समोसा खाएपछि पानी तिर्खा लाग्यो । म बसेको टेबुलको जगमा पानी राखेको थियो । जगको पानी खाँदा साहुले देख्यो । जग छोइदियो भनेर तीनचार चड्कन गालामा हिर्कायो । त्यो दिन थियो, २०४७ चैत १९ गते ।

त्यो दिन म स्कुल नगई घर गएँ । गोविन्दले होटेलको पानी छोइदिएछ र साहुले पिट्यो । अनि ऊ स्कुलबाट भाग्यो भनेर स्कुलमा हल्लीखल्ली भएछ । साथीहरूले साँझपख त्यो खबर घरमा ल्याए । बुवाले बेस्सरी गालामा एक चड्कन लगाउनुभयो । त्यो दिन मेरा लागि अत्यन्तै दुःखद् भयो । मेरो सानैदेखिको डायरी लेख्ने बानी थियो । त्यो दिनको सबै घटना डायरीमा उतारँे । त्यही डायरीको सम्झनास्वरूप आज यो आलेख लेख्न पुगेँ।

त्यसपछि मनमा कुराहरू खेल्न थाले । दलित के हो र के होइन भन्नेमा । हालसम्म पनि त्यसको बारेमा अध्ययन, अनुसन्धानमा तथ्यपरक अर्थ पाउन सकेको छैन । लामो समय नेपालको हिन्दु धर्मको बारेमा अध्ययन गरेँ । त्यसमा पनि खासै जातलाई छुट्याएको छैन । केवल वर्णन गरिएको छ । धर्म स्थापना र त्यसको विकसितरूपको बारेमा मात्र ।

विश्व दलितका विज्ञ भनेर चिनिएका डा. अम्बेडकरको डकुमेन्टको १९२७ ‘सिमोन कमिसन रिपोटमा’ पनि यति उल्लेख गरिएको छैन, भनिएको छ शूद्रबाट दलित जातको सुरुवात भएको र समाजबाट नै एउटा वर्गले अर्को वर्गलाई हेपीचेपी र आफ्नै स्वार्थको लागि सीपको आधारमा वर्ग छुट्याइए, पछि गएर जाति विभाजन भई अछूत मानी दलित वर्गीकृत गरिएको हो, भन्ने मात्र उल्लेख छ ।

मल्लहरूको इतिहासमा पनि जयपृथ्वीबहादुर मल्लको पालामा उनले सीपको आधारमा वर्ग विभाजन गरे । पछि समाजको विकसित रूपमा जात विभाजन भई दलित छुट्याएको भन्ने एक सय ६४ वर्ष पुरानो ताम्रापत्रमा उल्लेख गरेको पाइन्छ ।

राणाहरूको पालामा पनि जंगबहादुर राणाले १९१० मा राजपरिवारको लागि स्कुलको स्थापना गरे । तर दलितलाई शिक्षा दिनबाट वञ्चित गराएकै कारण झनै विभेद पा¥यो भन्ने छ । त्यसैलाई निरन्तरता दिएको र खासै जातिको आधारमा भन्दा पनि बाईसे चौबीसेलाई एकीकरण गर्ने बेलामा दलित भनि चिनिएकाहरूबाट भएको सीपको प्रयोग गरी उनीहरूलाई मानव ढालको रूपमा प्रयोग गरेको पाइन्छ ।

जंगबहादुरको पत्थरघट्टाको लडाइँमा निधनपछि लेखिएको पौराणिक लेखमा उल्लेख गरिएको छ भने अर्कोतिर उनले त्यसबेला भनेका थिए रे ! मानव समाजमा सीप, कला र मौलिक ज्ञानले भरिपूर्ण यो समाजलाई माथि उठाउने केही गर्नुपर्नेमा जोड दिएका थिए रे (? ) तर व्यावहारमा भन्ने सिन्को भाँच्ने काम गरेनन् उनले केवल प्रयोगमात्र गरे ।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले पनि जुन वर्गलाई शिक्षा, धार्मिक, सांस्कृतिक, सामाजिक र राजनीतिकरूपमा खासै स्थान र मौका नदिएको र केवल दलितलाई क्विनको रूपमा मात्र प्रयोग गरियो । हाल आएर त्यो दलित वर्गमा स्थापित भयो भनेर परिभाषित गरेका छन् । हाल सरकारले पनि दलितको वास्तविक परिभाषा दिएको पाइँदैन । छुवाछूतबाट मुक्त भएको कागजी पानामा लेखेको छ ।

कानुनी कारबाही पनि खासै गरेको छैन । भोट माग्ने बेलामा मात्र छुवाछूतका नारामा सीमित भई उनीहरूबाट फाइदा लिने काम मात्र गरिरहेका छन् नेताहरूले । अन्य विद्वानहरूले पनि दलित के हो भन्नेबारेमा खासै तथ्यपरक विश्लेषण गरेको पाइँदैन । केवल सबैको मुखबाट सुन्ने गरिन्छ । यो तल्लो र अछूत जात हो भनेर । उनीहरूबाट पानी चल्दैन भन्ने बुझाइमात्र छ ।

माथिका यी अध्ययनबाट मैले पनि दलित के हो र के होइन ? भन्ने बारेमा तीन सय जनामा ३३ वटा प्रश्न बनाई अध्ययन गरेको थिएँ । उनीहरूको निष्कर्ष यस्तो देखियो । दलित नै छुवाछूत हो भन्नेमा २१ प्रतिशत । शब्द दलित होइन आचरण दलित हो भन्नेमा ५५ प्रतिशत । मानव सबै एकै हुन् यो केवल कसैको फाइदाको लागिमात्र हो भन्नेमा ७१ प्रतिशत ।

यो हिन्दु धर्मले उपज हो भन्नेमा ११ प्रतिशत । कामको आधारमा जात छुट्याएको हो भन्नेमा १९ प्रतिशत । समाजले हेर्ने दृष्टिकोणमा ९१ प्रतिशत । दलित भनिने जाति माथि नउठेको हुनाले भन्नेमा ४४.५ प्रतिशत । अशिक्षित समाजको कारणले जातीयविभेद भएको हो भन्नेमा ५७ प्रतिशत पाएँ ।

यी बुझाइबाट प्रष्ट हुन्छ कि समाज आजसम्म खासै रूपान्तरित भएको छैन । जस्ले जे बुझेका छन् त्यसैमा उनीहरू रहेका छन् । मेरो बुझाइमा दलित शब्द आफैंमा दलित होइन । कुनै पनि जात दलित हुँदैन । यो केवल वर्गगत रूपमा बोलिने शब्द हो । हामी दलित शब्द कसैका लागि पेवा होइन । यो एक प्रकारले जस्ले निजी काम गर्छ त्यो कामका लागि प्रयोग हुने हो ।

यो जातको शब्द भिकारी होइन कि कलाकैशलले भरिपूर्ण छ । मौलिक ज्ञानको खानी हो, जस्ले नेपालको पहिचान दिएको छ भन्ने हो । दलित जात होइन सीप हो, गरिबी होइन कि कर्ममा विश्वास गर्ने एक मेहनती मानव हो । परि श्रममा रमाउने र रगत पसिनासँग खेल्ने एक वर्ग वा समाज हो दलित ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.