सरकार टिकाउन भरतसँग २५ बुँदे सम्झौता: बिजुक्छे

सरकार टिकाउन भरतसँग २५ बुँदे सम्झौता: बिजुक्छे

भैरहवाः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार भारतसँग गरेको २५ बुँदे सम्झौता नेपाल र नेपालीको हितमा नभई गठबन्धन सरकार टिकाउने काम गरेको आरोप लगाएका छन् ।

राष्ट्रियताप्रति संवेदनशील र बफादार नदेखिएकाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने बताएका छन् । अध्यक्ष बिजुक्छेले शनिबार सीमावर्ती भूमी भैरहवामा आयोजित चीनियाँ सपना सम्बन्धी अन्तक्रिया कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन्।

नेपाल चीन मैत्री संघका अध्यक्ष समेत रहेका सांसद किजुक्छेले चीनले जसरी सयौँ वर्ष पहिले सपना देखेर क्रान्ति गर्यो त्यसरी नै नेपालीले पनि योजनाबद्ध क्रान्ति गर्नुपर्नेमा जोडदिए ।

नेपाल चीन मैत्री संघ काठमाडौं र सिद्धार्थ साहित्य परिषद् रुपन्देहीको संयुक्त आयोजनामा भैरहवाको रुपन्देही क्याम्पसमा आयोजित चिनियाँ सपना विषयक अन्तरक्रिया एवम् १९० औँ सिद्धार्थ साहित्य संगममा बोल्ने वक्ताले चीनबाट नेपालले धेरै सिक्नुपर्ने धारणा राखेका थिए ।

नेपालका प्रधानमन्त्री भारत भ्रमणमा गएका बेला नेपाल भारत सीमा क्षेत्रमा चिनियाँ सपनाको बारेमा चर्चा हुनुलाई विशेष रुपमा हेरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल १ सय १६ सदस्यीय प्रतिनिधी मण्डलसहित ४ दिने भारत भ्रमणमा सहभागी भएका छन् ।



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.