जोयद्वारा विजेतालाई स्कुटी वितरण
![जोयद्वारा विजेतालाई स्कुटी वितरण](https://annapurnapost.prixacdn.net/media/albums/JOY-PAPAYA-SUN-MY-LUCKY-HONDA-DIO-CONTEST-SEASONS-2-WINNERS-57de34577fd232.87969547_cARFZ.jpg)
काठमाडौं: रत्नसागर हर्बल प्रालिको जोय ब्रान्डले विजेतालाई उपहारस्वरूप स्कुटी वितरण गरेको छ । कम्पनीले आफ्ना उपभोक्तालाई लक्षित गरी एकैचोटि एकै ठाउँबाट सातवटा होन्डा डियो स्कुटी वितरण गरेको हो ।
कम्पनीले बिहीबार काठमाडौंको हायात रिजेन्सी होटलमा कार्यक्रम आयोजना गरी विजेतालाई स्कुटी हस्तान्तरण गर्यो । जोयको पपया सन खरिदपछि प्राप्त कोड नम्बर ६०६० मा एसएमएस गरेका ५८ हजार एसएमएसकर्ताको बीचबाट लक्की ड्रमार्फत सातजना विजेता छानिएको कम्पनीले जनाएको छ ।
स्कुटी जित्नेमा ललितपुर निवासी रोशनी महर्जन, झापा निवासी रोशनी बेसारा सतार, बाँकेकी सरस्वती कार्की, सिराहाकी जागृती बिष्ट, कञ्चनपुरकी हेमा जोशी, चितवनकी सरिता गुरुङ र तनहुँकी सुनिता गुरुङ छन् । विजेताले कम्पनीलाई धन्यवाद व्यक्त गरेका छन् । जोय कम्पनीका नेपाल प्रमुख अरुण मित्राले कम्पनीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)