टुबोर्ग स्ट्रोङको नयाँ स्वरूप
काठमाडौं: गोर्खा ब्रुअरीले बुटवल र नेपालगन्जमा टुबोर्ग स्ट्रोङको नयाँ स्वरूप सार्वजनिक गरेको छ । कम्पनीले बुधबार बुटवलमा र शुक्रबार नेपालगन्जमा स्ट्रोङ बियर नयाँ आकर्षक बोतल र पुलअफ क्यापमा सार्वजनिक गरहेको हो । सन् २००२ मा कम्पनीले टुबोर्ग स्ट्रङ नेपाली बजारमा ल्याएको थियो ।
सन् २०१४ मा टुबोर्ग पुलअफ क्यापको सफलतापछि परिवर्तित पुलअफ क्यापका साथ टुबोर्ग स्ट्रङको उद्घाटन गरिएको थियो । कम्पनीले बोतलमा ढल्किएको नयाँ लोगोसमेत थपेको छ । नयाँ बोतलमा टुबोर्ग स्ट्रङ लोगोका साथ टुबोर्गको ब्रान्डिङ गरिएको कम्पनीले जनाएको छ ।
यसमा रहेको लेबललाई पनि ६२.५ डिग्रीमा ढल्काइएको छ जसलाई अन्तर्राष्ट्रिय बजारमा टिपिङ प्वाइन्ट भनिन्छ । कम्पनीका मार्केटिङ निर्देशक वैभव शर्माका अनुसार नयाँ टुबोर्ग स्ट्रङको बोतलले उपभोक्तालाई आकर्षित गर्नुका साथै बोतलको बीच भागमा रहेको इम्बोस्ड लोगोले बोतल समात्न सजिलो बनाएको छ ।