ब्रिजस्टोन ब्रान्डको दसैं तिहार योजना
काठमाडौं: ब्रिजस्टोन कर्पोरेसन जापानको आधिकारिक विक्रेता एटीसी प्रालिले उपभोक्तालाई ध्यानमा राखी ब्रिजस्टोन ब्रान्डका टायरमा दसैं, तिहार र छठको उपलक्ष्यमा आकर्षक उपहार योजना ल्याएको छ । टायर खरिदमा चाँदीको सिक्का र ज्याकेट उपहारमा राखिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो योजना गत बिहीबार सुरु भएर कात्तिक २१ गतेसम्म वा स्टक रहुन्जेल लागू हुनेछ । ब्रिजस्टोन ब्रान्डले हरेक वर्ष आफ्ना ग्राहकलाइ ध्यानमा राखी विभिन्न उपहार योजना ल्याउने गरेको छ । ५६ वर्षदेखि ब्रिजस्टोन ब्रान्डका टायर बजारमा उपलब्ध छन् ।