किन छोप्छौ इतिहास ?

किन छोप्छौ इतिहास ?

कवि गोपालप्रसाद रिमालद्वारा रचित ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ राष्ट्रिय गीत सुन्दा स्वाभिमानी नेपालीहरू गर्वोन्मत्त हुने गर्छन् । प्रथम विश्वयुद्धमै विश्व थर्काएका नेपालीहरूले युद्ध मैदानमा छाती थापे, तर कहिल्यै भागेनन् ।

सौर्य, साहस, इमान, बफादारी, प्रबल देशभक्ति र अदम्य जोस तथा उत्साहका साथ हाम्रा वीर पुर्खाले नेपालको निर्माण, एकीकरण तथा रक्षा गरे । त्यसैले आजका युवा भन्छन्, ‘हामी पनि जोगाउँछौं यो राष्ट्रलाई ।’

१६१६ सालमा द्रव्य शाह गोरखाको राजा भएपछि उनले सेनालाई आफ्नै ढंगले संगठित गरे । त्यसो त राजा नरेन्द्रदेवकै पालामा सात हजार घोडचढी सेना (क्याभलरी) तथा तीन हजार पाँच सय पैदल सेना रहेको पाइन्छ । यो सन् ६४७ को कुरा हो ।

राष्ट्रको रक्षार्थ, कालान्तरमा सेनालाई सुदृढ बनाउने सिलसिला सुरु भयो । श्रीनाथ, कालीबक्स, बर्दबहादुर, सबुज र पुरानो गोरखजस्ता पल्टनको इतिहास सयौं वर्ष पुरानो रहेको पाइन्छ । किनभने नेपाली सेना संसारकै प्राचीन सेनामध्येको एक हो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गर्दा उनी बीस वर्षका मात्र थिए । विराज थापा मगर, महेश्वर पन्त, कालु पाँडे, शिवरामसिंह बस्न्यात, रामकृष्ण कुँवर, केहरसिंह बस्न्यात र काजी वंशराज पाँडेको सहयोगले सेनालाई बलियो बनाउँदै गएकाले पृथ्वीनारायण र उनका उत्तराधिकारीहरू ढुक्क भए ।

काजी अभिमानसिंह बस्नेत, सर्वजित रानामगर, बलभद्र शाह, कृतिमानसिंह बस्न्यात, काजी दामोदर पाँडे, अमरसिंह थापा र भीमसेन थापाले सेनालाई सुदृढ बनाउन जसरी योगदान गरे, त्यसरी नै काजी रणजंग पाँडे, माथवरसिंह थापा, अभिमानसिंह रानामगर, जंगबहादुर कुँवर (राणा) तथा उनीपछिका केही शासकले सेनापतिको दायित्व लिएर इमानदारीपूर्वक योगदान गरेको यथार्थ इतिहासमा अंकित छ ।

गणतन्त्रको उदय भएपछि सेनापति भएका एक व्यक्तिले सयौँ वर्षअघि सेनाका अधिपति विराज थापामगर, सर्वजित रानामगर तथा अभिमानसिंह रानामगरलगायतको गाथा बिर्सेर ‘जनजाति’ समुदायबाट प्रधानसेनापति हुने आफू प्रथम व्यक्ति भएझैँ प्रचार गर्दै ‘जनताको छोरो’ भन्ने किताब नै लेखे । सेनाले गरेका सम्पूर्ण सत्कर्मको जस आफूले मात्र लिने र आफ्ना त्रुटि वा कमजोरीको चर्चा नै नगर्ने यस्तो व्यक्तिवादी र अहंकारी प्रवृत्तिले जग हँसाउने काम मात्र गर्छ ।

सेनापति नै सबैथोक होइन र उनको सफलतामा सेनाका सकल दर्जाको उत्साह, सफलता र समर्पण गाँसिएको हुन्छ । यो हरेक सर्वोच्च कमान्डले आत्मसात गर्नुपर्छ । त्यसो गर्न सकिएन र सेनालाई अवमूल्यन गरियो भने नेतृत्वले जस पाउन सक्दैन ।

सन् १७६३ मा बंगालका शक्तिशाली नवाव (शासक) मीर कासिमले नेपालमा हमला गर्दा श्रीनाथ, कालीबक्स, बर्दबहादुर (बर्दवाहिनी) र सबुजजस्ता पुराना पल्टनले प्रतिरोध गरेर दुस्मन भगाएका थिए । नेपाली सेनाले विदेशी फौजसँग लडाइँ गरेको त्यो पहिलो अनुभव थियो ।

चार सय सैनिक लिएर सरदार नन्दु शाहले मकवानपुरको किल्ला सम्हालेका थिए । मीर कासिमको सेनामा गुरगिन खानको नेतृत्वमा दुई हजार पाँच सय सैनिक थिए । उनीहरू हर्नामडी (मकवानपुर) आएपछि नेपाली फौजले आकस्मिक रूपमा (सरप्राइज अट्याक) भयानक हमला गर्‍यो । शत्रुपक्षका धेरै मारिए र नेपाली सेनाले दुईवटा तोप र पाँच सयजति बन्दुक कब्जा गरे ।

काठमाडौं (कान्तिपुर) राज्यका राजा जयप्रकाश मल्लले पृथ्वीनारायण शाहको फौजसँग युद्ध गर्न भारतमा रहेको अंग्रेजी फौजसँग मद्दत मागे । पटना (बिहार) बाट प्रस्थान गरी पनौती पुगेर काठमाडौं प्रवेश गर्ने मार्गचित्र (रोडम्याप) हेर्दै कप्तान किनलकको नेतृत्वमा त्यो फौज सिन्धुली आइपुग्यो । सन् १७६७ को अगस्त १७ मा पटनाबाट प्रस्थान गरेको फौजमा दुई हजार चार सय सिपाही थिए ।

विश्वका महत्वपूर्ण युद्धमा भाग लिएको सो फौजमाथि गोर्खाली (नेपाली सेना) ले हमला गर्दा एक हजार ६ सय सैनिक भाग्न सफल भए । एकै ठाउँमा अंग्रेजका आठ सय सैनिक मारिए ।

इतिहास अभिलेख मात्र होइन, प्रेरणा, साहस र उत्सर्गको स्रोत पनि हो । पाँच हजार वर्ष पुरानो लिखित इतिहास भएको नेपालका जनताले झन्डै एक हजार वर्ष मुगल र अंग्रेजका दास बनेर बसेका विदेशीसँग प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रता सिक्नु आवश्यक छैन । राष्ट्रको रक्षा गर्न नेपालीहरू आफैँ सक्षम छन् ।

तर यहाँ बाह्य शक्तिका केही हली–गोठालाहरू कमैया शैलीमा दासत्व स्विकारिरहेका छन् । आजको युवा वर्ग कसैको पनि दास बन्न तयार छैन । अरू त के कुरा, राष्ट्रघातमा संलग्न कथित नेताका सन्तानसमेत राजनीतिमा आउन सकिरहेका छैनन् । युगले परिमार्जित र स्वाभिमानीहरू खोजेको छ ।

हाम्रो इतिहास अद्वितीय छ । संसारका सबै राष्ट्रिय झन्डा चारकुने (चतुष्कोण) छन् । नेपालको चन्द्रसूर्यअंकित राष्ट्रध्वजा मात्र तीनकुने (त्रिकोण) छ । भक्तपुरको खम्पु लासाखु टोलको पोखरीनजिक पाइएको तेइस हरफको शिलापत्रको शीर्षस्थ भागमा दाहिनेतिर चन्द्र, देब्रेतिर सूर्य र बीचमा खड्ग अंकित छन् । त्यसमा मिति नेपाल संवत् ८३५ चैत्र शुदि ५ अंकित छ र त्यो नेवारी लिपिमा छ ।

स्पष्ट छ, चन्द्र सूर्य शाश्वत सत्यका प्रतीक हुन् भने खड्ग सौर्यको प्रतीक । (भूपतीन्द्र मल्लका कीर्ति र अभिलेखहरू पृष्ठ ४५, लेखक लीलाभक्त मुनकर्मी) हजारौँ वर्षअघिदेखि सनातन धर्मावलम्बी र बौद्ध मार्गीहरूले चन्द्रसूर्यलाई परम शक्तिका रूपमा पूजा गर्दै आएकाले राष्ट्रिय झन्डामा चन्द्रसूर्य अंकित गरेर हाम्रा पूर्वजले देवध्वजालाई राष्ट्रध्वजा मानेको पाइन्छ ।

धर्म, संस्कृति र परम्परा सबै मास्न आएका माओवादीले राष्ट्रिय झन्डा परिवर्तन गर्नुपर्छ भन्ने प्रस्ताव राखे पनि इसाईको बलमा ल्याइएको त्यो षड्यन्त्रपूर्ण योजना सफल हुन सकेन । यस्तै नेपाल देशको नाम फेर्नुपर्छ भनेर सरिता गिरीजस्ता नेताले होहल्ला गरे पनि त्यसलाई जनताले स्वीकार गरेन । तर कांग्रेसका क्राइस्टप्रसादलगायतका षड्यन्त्रकारीले राष्ट्रिय एकता दिवस (पुस २७) खारेज गर्दा पश्चिमाहरूको दानापानी खानेहरू मौन बसे । आज पनि उनीहरू चुपचाप छन् ।

नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाह हुन् कि होइनन् भनेर इतिहास ढाकछोप गर्दै कुतर्क गर्नेहरूले जवाफ दिनुपर्छ- को हुन् त यो देशका राष्ट्रनिर्माता ?
हेमिल्टन, कर्कप्याट्रिक, डेनियल राइट, वेयार नियार, ओल्डफिल्ड, प्रोफेसर ज्योसेफ टुची, इतिहास शिरोमणि बाबुराम आचार्य, इतिहासकार योगी नरहरिनाथ, सूर्यविक्रम ज्ञवाली, बालचन्द्र शर्मा, डा. जगदीशचन्द्र रेग्मी, डा. डिल्लीरमण रेग्मीलगायत धेरै स्वदेशी-विदेशी विद्वान्ले नेपालको धर्म-संस्कृति, सभ्यता र परम्पराको संरक्षण, संवद्र्धन र सम्पोषणमा विभिन्न कालखण्डका राजाहरूले अतुल्य योगदान गरेको उल्लेख गरेका छन् । राजाका सालिक ढाल्दैमा त्यो इतिहास लुक्दैन । न त इतिहासलाई गणतन्त्रको गुन्द्रीले छोपेर सत्य लुकाउन सकिन्छ ।

राष्ट्र निर्माण गर्न इमानदार नेता चाहिन्छ । स्पष्ट नीति चाहिन्छ । भविष्यसम्म चल्ने पद्धति चाहिन्छ । जुन देशमा एक वर्षअघि जन्मिएको संविधान अहिलेसम्म मुर्दातुल्य ‘हल न चल’ को अवस्थामा छ, त्यहाँ यिनै कर्तव्यच्युत र पदलोलुप नेता र यही पाराले राष्ट्रनिर्माण हुन्छ भनेर तपाईं पत्याउनु हुन्छ ?

हिम्मत छ भने गणतन्त्रका समर्थकहरूले हजारौँ वर्षअघि राजाहरूले निर्माण र संरक्षण गरेका सबै मन्दिर, गुम्बा, स्मारक, धर्म–संस्कृति, परम्परा एवं सभ्यता मासेर नयाँ कुरा जनतालाई देखाऊन् । होइन भने इतिहासको अवमूल्यन गर्ने हक कसैलाई पनि छैन । महेन्द्र संस्कृत विश्वविद्यालयलगायतका कैयन् प्रतिष्ठानको नाम बदल्ने मूर्खहरूले कतै तीन आना जग्गामा एउटा पुस्तकालय बनाएको देखिँदैन । त्यस्ता शठहरूले इतिहास छोप्न खोज्दा हामी मौन बस्नुपर्ने ?

पुष्पकमलको नाम पिटर्सन, कृष्णबहादुरको क्रिस, सीतादेवीको सामन्था, वर्षमानको बोरिस वा ओनसरीको एन्जेला नाम राख्छन् भने त्यो निजी मामिला हो । भक्ष–अभक्ष जे खाए पनि उनीहरूले पचाउने हो । तर राष्ट्रलाई बिथोल्न पाइँदैन । कथित जनयुद्धका नाममा हजारौँ निर्दोषको हत्या गर्नेहरू सरकारमा पुगून् वा सगरमाथामा, नेपाल राष्ट्रको अस्मिता एवं स्वधर्मसँग खेलबाड गर्न पाइँदैन ।

त्यसैले दरिद्रता, अभाव, बेरोजगारलगायतका हजारौँ समस्या एकातिर थन्क्याएर जो संघीयता, धर्म निरपेक्षता र गणतन्त्र हुनेबित्तिकै नेपाल विकसित हुन्छ भनिरहेका छन्, उनीहरूलाई जनताले प्रश्न गर्नुपर्छ- त्यसो भए संसारका अत्यन्त दरिद्र, युद्धग्रस्त, अनिकाले पचासौँ राष्ट्रमा गणतन्त्र भए पनि किन जनता आँसुमा डुबेका छन् ?
राष्ट्र निर्माण गर्न इमानदार नेता चाहिन्छ । स्पष्ट नीति चाहिन्छ । भविष्यसम्म चल्ने पद्धति चाहिन्छ । जुन देशमा एक वर्षअघि जन्मिएको संविधान अहिलेसम्म मुर्दातुल्य ‘हल न चल’ को अवस्थामा छ, त्यहाँ यिनै कर्तव्यच्युत र पदलोलुप नेता र यही पाराले राष्ट्रनिर्माण हुन्छ भनेर तपाईं पत्याउनु हुन्छ ?

हजारौँ गरिब बाढीपहिरो र भूकम्पपीडित बनेर रोइरहेका छन् । नगरवधूले ग्राहक बदले झैँ पटकपटक सरकार बदलिन्छ । विदेशमा ‘म्याच फिक्सिङ’ गरेर ६/७ महिना सिंहदरबारमा बसेर लुट्ने सहमति गरिन्छ । जनता मौन बस्ने कहिलेसम्म ?

कहिलेसम्म मूर्ख बनाउने जनतालाई ? युवापुस्तालाई राम्रोसँग थाहा छ, सीमित व्यक्तिले देशको असीमित स्रोत-साधन निर्विघ्नतापूर्वक लुटिरहेका छन् । तर जनताले अब सहँदैनन् । धैर्यको बाँध भत्किँदै गएको अवस्था छ । संसद्को म्याद थपेर भए पनि अझै लुटिरहन चाहनेहरूको षड्यन्त्र जनताले थाहा पाइसकेका छन् । त्यसैले अब लुटतन्त्र बन्द हुन्छ । सुरु हुन्छ, एउटा नयाँ युग । त्यो भनेको राष्ट्रवादीहरूको युग हो ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.