हामा आइरन एन्ड स्टिलको रजत जयन्ती

हामा आइरन एन्ड स्टिलको रजत जयन्ती

काठमाडौः हामा आइरन एन्ड स्टिल इलेक्ट्रोनिक्स प्रालिले नेपली बजारमा उत्कृष्ट उत्पादन ग्राहकमाझ ल्याउँदै आएको छ ।

प्रारम्भमा ६ हजार मेट्रिक टन वार्षिक उत्पादन क्षमता रहेकोमा हाल यस उद्योगले विभिन्न चरणमा विविधीकरण एवं विस्तृतीकरणपश्चात् एक लाख ५० हजार मेट्रिक टन पुर्‍यार्ई सञ्चालनको २५औं वर्षमा प्रवेश गरेको छ ।

उद्योग सञ्चालनको प्रारम्भदेखि नै पुल, सडक, भवन निर्माणजस्ता महत्वपूर्ण विकास कार्यका लागि उच्च गुणस्तरीय फलामे छड मेरुदण्ड नै हुने सत्यतालाई हृदयंगम गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मापदण्डलाई ध्यानमा राख्दै समयसमयमा विभिन्न आधुनिक प्रविधिको प्रयोगलगायत गुणस्तर वृद्धिका लागि सुधार एवं मानव संसाधन विकासका लागि ठूलो लगानी गरिरहेको जनाएको छ ।

कम्पनीका अनुसार हाम्रा उत्पादनप्रति ग्राहकमा बढ्दो माग एवं गुणस्तरीयताप्रतिको चाहना परिपूर्ति गर्न सफल भएको छ । साथै भविष्यमा यस उद्योगले आफ्ना ग्राहक वर्गको चाहना एवं सन्तुष्टिका लागि समयसापेक्ष उद्योगको विस्तार एवं विकासका लागि विगतमा झैं प्रतिबद्ध रहने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.